"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

९५ औं ओस्कर अवार्ड : ‘नाटु नाटुु’ उत्कृष्ट गीत

प्रकाशित मिति :  13 March, 2023 6:48 pm


काठमाडौँ । एस एस राजामौली निर्देशित तेलुगु फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ ले ९५ औं संस्करणको ओस्कर अवार्डमा ओरिजिनल सङको उपाधि पाएको छ ।

यसअघि ‘नाटु-नाटु’ गीतले गोल्डेन ग्लोबको ८०औं संस्करणमा ‘नाटु-नाटु’ गीतले ‘बेस्ट ओरिजिनलन संग मोसन पिक्चर’ को अवार्ड हात पारेको थियो ।

जुनियर एनटीआर र रामचरण अभिनय रहेको चलचित्रको यो गीत विश्वभर मन पराइएको थियो । चन्द्रबोशको शब्द रहेको तेलुगु भाषाको यस गीतको कम्पोज भने एमएम कीरवणीले गरेका हुन् । त्यस्तै यस गीतमा स्वर दिएका छन् राहुल सिपलीगन्ज र काल भैरवले । गीतको छायांकन रुसी आक्रमणको केही अघि मात्रै सन् २०२१ अगस्टमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की निवास मरिन्स्की दरबारमा भएको थियो ।

९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) पुरस्कार अन्तर्गत विभिन्न विधामा विजेता घोषणा भइरहेको छ । सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा एडवर्ड बर्गर निर्देशित ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ तीन विधाको अवार्ड आफ्नो पोल्टोमा पारेको छ । यो फिल्म यसपटकको ओस्करको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषणा गरिएको छ । यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको छ ।

फिल्मले विश्वयुद्धका बेला एक जर्मन युवा सैनिकको भोग्ने त्रासदीपूर्ण अनुभवलाई पर्दामा उतारेको छ । यो फिल्मले गत फेब्रअरीमा सम्पन्न बाफ्टा (ब्रिटिश एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस्) अवार्डको उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट गैरअंग्रेजी फिल्म, उत्कृष्ट सिनेम्याटोग्राफी लगायतका सात प्रमुख विधामा पुरस्कार पाएको थियो ।

यस्तै, उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’बाट के ह्ये क्वान र जेमी ली कर्टिसले उचालेका छन् ।

यस्तै, एनिमेटेड फिचर फिल्मका लागि ‘ग्विलेर्मो डेल ट्रोज पिनोकियो’ ले ओस्कर अवार्ड पाएको छ । डकुमेन्ट्री फिचरको अवार्ड ‘नाभल्नी’ र डकुमेन्ट्री सर्टको अवार्ड ‘द एलिफेन्ट विस्परर्स’ले पाएको छ ।हेयर एन्ड मेकअप स्टाइलिङको अवार्ड ‘द ह्वेल’ ले पाएको छ ।

सर्ट फिल्म (एनिमेटेड)को अवार्ड ‘द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स’ र सर्ट फिल्म (लाइभ एक्सन)को अवार्ड एन आइरिस गुडबाई’ले पाएको छ ।

अन्य विधाको अवार्डको केहीबेरमा घोषणा जारी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको