"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विवादले रोकिएका क्याम्पसहरूमा कहिले हुदै छ स्ववियु चुनाव

प्रकाशित मिति :  19 March, 2023 12:28 pm


काठमाडौं । काठमाडौं उपत्यकाभित्रका ७ वटा आंगिक क्याम्पसहरूमा आज स्ववियु चुनाव नहुने भएको छ। मतदाता सम्बन्धीलगायत विभिन्न विवादका बीच क्याम्पसहरूमा स्ववियु चुनाव रोकिएका छन्।

काठमाडौंको त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस (अस्कल) प्रदर्शनीमार्गस्थित रत्नराज्य र विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र ललितपुरको पाटन क्याम्पसमा आज स्ववियु चुनाव नहुने त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले जानकारी दिए।

यी बाहेक त्रिविका आंगिक र सम्बन्धन प्राप्त अन्य क्याम्पसमा बिहान ८ बजेदेखि नै मतदान भइरहेको उनको भनाइ छ। केही क्याम्पसमा भने मतदान सुरू गर्न ढिलाइ भइरहेका छन्। २ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा भने यसअघि नै सर्वसम्मत रूपमा नेतृत्व चयन भएका थिए।

काठमाडौं उपत्यकाभित्र सत्ता गठबन्धनमा रहेका दलका भ्रातृ संगठनले भागबन्डा गरेर उम्मेदवारी दिएका थिए।  अधिकारीका अनुसार कीर्तिपुरस्थित आयुर्वेद क्याम्पसमा तत्काल स्ववियु चुनाव प्रक्रिया थाल्न उच्च अदालत पाटनले आदेश दिइसकेको छ।

यस्तै त्रिचन्द्र क्याम्पसमा चैत ९ गते स्ववियु चुनाव हुने उनले जानकारी दिए। ‘रोकिएका क्याम्पसमा आपसी समझदारी बनाएर केही समयभित्रै स्ववियु चुनाव गरिन्छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द