"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन्न : सुवास नेम्वाङ

प्रकाशित मिति :  20 March, 2023 10:33 am


काठमाडौं । नेकपा एमालेका संसदीय दल उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीलाई पार्टीले विश्वासको मत नदिने बताएका छन्। एमाले जिम्मेवार प्रतिपक्ष भूमिकामा बस्ने उनले बताए। आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

सेतोपाटीसँग कुराकानी गर्दै नेम्वाङले एमाले प्रमुख प्रतिपक्षमा बस्ने संघीय संसद सचिवालयलाई जानकारी गराइसकिएको बताए। हामीले सभामुख, संसद सचिवालय सबैलाई भनिसकेका छौं, हामी जिम्मेवार प्रतिपक्ष बनेर बस्छौं,’ उनले भने, ‘हामी त छायाँ सरकार हो नि! संविधानले दिएको जिम्मेवारी, संसदीय मूल्यमान्यताअनुसार हामी अघि बढ्छौं।’

नेकपा एमाले आइतबारको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्षी लहरमा बसेको थियो। गत पुस १० गते एमाले, माओवादीसहित ७ दल मिलेर प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त भएका थिए। पुस २६ मा विश्वासको मत लिँदा प्रधानमन्त्री प्रचण्डलाई एमालेले विश्वासको मत दिएको थियो। त्यसबेला एमाले पनि सरकारमा थियो।

तर फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने बेला माओवादीले राष्ट्रपति उम्मेदवारमा कांग्रेसलाई सहयोग गरेको थियो। पूर्वसहमतिबाट माओवादी पछि हटेको भन्दै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरू पनि फिर्ता बोलाएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा