"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लेखक विवेक ओझा ‘ऐँठन’ उपन्यास सार्वजनिक

प्रकाशित मिति :  26 March, 2023 12:26 pm


काठमाडौँ । उपन्यास ऐलानीका लेखक विवेक ओझाद्वारा लिखित उपन्यास ‘ऐँठन’ सार्वजनिक गरिएको छ। शनिबार एक कार्यक्रम गर्दै उपन्यास सार्वजनिक गरिएको हो।

द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारी, लेखक तथा राजनीतिक अभियन्ता केशव दाहाल र नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले ऐँठन सार्वजनिक गरे।

पुस्तकबारे सुमन अधिकारीले दुई दशकअघिको माओवादी विद्रोहलाई नयाँ पुस्तामाझ चिनाउन पुस्तकले भुमिका खेल्ने बताए।
राजनीतिक अभियन्ता तथा लेखक केशव दाहालले नेपाली युद्ध साहित्यले एक उम्दा कृति पाएको बताए।

नेकपा माओवादीकी केन्द्रीय सदस्य रेणु चन्दले उपन्यासको शैलीले पाठकलाई ताजगी दिने बताइन्। उपन्यासमा घटनाक्रमको सिलसिला मिलेकाले पढ्न सहज भएको उनले बताइन्। लेखकले सिर्जनशील स्वतन्त्रताको उपयोग गर्दै माओवादी जनयुद्धका बारेमा लेखे पनि माओवादी आन्दोलनप्रति निर्मम भएकामा भने आफ्नो असन्तोष व्यक्त गरिन्।

लेखक ओझाले बोल्नुभन्दा लेख्नु सहज रहेको बताए। लेखनमा केरमेट र सम्पादनको सुविधा हुँदा लेखकलाई लेख्न नै सहज रहने भन्दै उनले पुस्तक कुनै बन्दुकधारीको पक्षबाट नलेखी निहत्था आम नागरिकको आँखाबाट लेखिएको दाबी गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला पुरस्कृत गर्ने भएको छ। काइँलाले नेपाली

काठमाडौँ — ११ वर्षीय बाल कथाकार नीतिक आचार्यको बाल कथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक भएको छ । उनको यो पहिलो एकल

काठमाडौं – अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट