"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा सरकारमा सहभागी हुनु प्रधानमन्त्रीको पनि चाहाना हो : उपसभापति अर्याल

प्रकाशित मिति :  28 March, 2023 11:53 am


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रास्वपा सरकारमा जानु समयको माग भएको बताएका छन्।उपनिर्वाचन तयारीका लागि चितवन आएका अर्यालले सोमबार पत्रकारहरूसँग कुरा गर्दै सरकारमा रास्वपाको सहभागिताबारे प्रधानमन्त्रीले पनि आवश्यकता महसुस गरेको बताए।

सरकार निर्माणमा रास्वपाको दायित्व हुने भन्दै उनले सरकारमा जान आतुर भने नभएको बताए। ‘सरकारमा जान हतारभन्दा पनि यो समयको माग हो। सरकार निर्माणमा हाम्रो आवश्यकता प्रधानमन्त्रीले महसुस गर्नुभएको हुनाले त्यसमा हामी सकारात्मक छौँ’, उनले भने।सरकारमा सहभागी भएको खण्डमा रास्वपालाई गृह मन्त्रालय दिनुपर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुझ्नुपर्ने उनले बताए।

सरकारमा जानु नै गलत हो भनेर भाष्य निर्माण गर्नु आफैँमा गलत भएको उनको भनाइ छ। संविधानले वाचा गरेका कुरालाई कार्यान्वयन गर्न आफू राजनीतिमा आएको उल्लेख गर्दै उनले रास्वपामाथि अहिल्यै शङ्का गर्नुपर्ने समय नआएको बताए। संसदमा आफ्नो पार्टीबाट सांसदको प्रस्तुति फरक रहेको भन्दै उनले बोल्दा विषयवस्तु माथि टेकेर बोल्ने गरेको बताएका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन