"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मिटरब्याजलाई अपराध मान्ने सरकारको निर्णय

प्रकाशित मिति :  28 March, 2023 10:13 pm


काठमाडौँ । सरकारले मिटरब्याजमा रकम असुल्नुलाई अपराध मानेर सजाय गर्न कानुनी व्यवस्था गर्ने भएको छ।  मंगलबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी संहितालाई संशोधन गर्दै मिटरब्याज असुलीलाई अपराध मान्ने व्यवस्था राख्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को यो निर्णयसँगै मिटर ब्याजसँग जोडिने विभिन्न कानुन बन्नेछन्। यसमा कम्तिमा चारवटा कानुन संशोधन हुने जनाइएको छ।

मिटरब्याजमा चर्को ब्याज असुलेका कारण जायजेथा गुमाउनुपरेको भन्दै विभिन्न समयमा आन्दोलन हुँदै आएको छ। अहिले पनि तराईका विभिन्न जिल्लाबाट पैदलै एक टोली आन्दोलनका लागि काठमाडौँ आएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर