"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मिटरब्याजलाई अपराध मान्ने सरकारको निर्णय

प्रकाशित मिति :  28 March, 2023 10:13 pm


काठमाडौँ । सरकारले मिटरब्याजमा रकम असुल्नुलाई अपराध मानेर सजाय गर्न कानुनी व्यवस्था गर्ने भएको छ।  मंगलबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी संहितालाई संशोधन गर्दै मिटरब्याज असुलीलाई अपराध मान्ने व्यवस्था राख्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को यो निर्णयसँगै मिटर ब्याजसँग जोडिने विभिन्न कानुन बन्नेछन्। यसमा कम्तिमा चारवटा कानुन संशोधन हुने जनाइएको छ।

मिटरब्याजमा चर्को ब्याज असुलेका कारण जायजेथा गुमाउनुपरेको भन्दै विभिन्न समयमा आन्दोलन हुँदै आएको छ। अहिले पनि तराईका विभिन्न जिल्लाबाट पैदलै एक टोली आन्दोलनका लागि काठमाडौँ आएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार