"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीको चेतावनी : जनयुद्ध दिवस मान्दैनौँ, संक्रमणकालीन न्यायको विषय फास्ट ट्र्याकमा पारित हुदैन

प्रकाशित मिति :  30 March, 2023 6:38 pm


काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले सरकारले फागुन १ लाई जनयुद्ध दिवसको रूपमा सार्वजनिक बिदा दिएकोप्रति असन्तुष्टि जनाएका छन्। बिहीबार रिपोर्टस् क्लबमा भएको कार्यक्रममा उनले जनयुद्धलाई हिंसा भन्दै सो बिदालाई पात्रोबाट हटाउने चेतावनी दिए।

‘०५२ सालदेखि नै जनयुद्ध होइन भनेर जनयुद्धको विरोध गरिराखेको हो। मैले यसको लगातार विरोध गरेको छु। जनयुद्ध नै होइन। त्यो एउटा सेन्टिमेन्टमा आएर, नेताको के स्वार्थ हो, कार्यकर्तालाई सेन्टिमेन्टमा महान परिवर्तन गरिन्छ भनेर लगाइएको थियो। उनीहरूको दोष छैन। तर, नेताहरूले जे गरे त्यो जनयुद्ध थिएन। जनयुद्ध त्यसलाई भनिँदैन। त्यो एउटा हिंसा थियो,’ ओलीले भने।

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय १८ वर्ष रोकिएको भन्दै फास्ट ट्र्याकबाट अघि बढाउन नमिल्ने बताए। संसदमा छलफल नगरी फास्ट ट्र्याकमा गए विरोधमा उत्रने ओलीको चेतावनी छ ।

‘फास्ट ट्र्याक किन ? १८ वर्ष बित्यो। एक महिनामा हुन्छ भन्ने, दुई दिनमा तपाईं छलफल नै गर्न नदिई बहुमत छ भनेर यस प्रकारको मजाक गर्न पाउनुहुन्छ, नेपाली जनतासँग? संसद्जस्तो गरिमामय ठाउँमा प्रक्रियागत ढंगले छलफल पनि नगरी फास्ट ट्र्याक तपाईंलाई अहिलेको अहिले किन चाहियो? यसको विरोध हुन्छ,’ उनले भने।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा