"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

खानेपानीमन्त्री खानले दिए राजीनामा

प्रकाशित मिति :  31 March, 2023 4:22 pm


काठमाडौँ । खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा राजीनामा बुझाएका हुन् । 

मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । यसअघि प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने बताएका थिए ।

पहिलो पटक मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि जनमतलाई उद्योग मन्त्री दिइने भनिएको थियो । सुरुमा बिनाविभागीय जिम्मेवारीमा रहेका खानलाई पछि खानेपानीको जिम्मा दिइएको हो । मन्त्रालयको भागबन्डामा असन्तुष्टि जनाउँदै खान केही दिनसम्म मन्त्रालयको कार्यभार सम्हाल्न गएका थिएनन् । पछि प्रधानमन्त्री दाहालसँगको छलफलपछि मात्र उनी मन्त्रालय गएका थिए । पछिल्लो पटक पनि दलहरूको छलफलमा उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइने भनिए पनि खानेपानीमै राखिएपछि असन्तुष्ट बनेका हुन् ।

खानले आफूहरूसँग गद्दारी गरिएको प्रतिक्रियासमेत दिएका छन् । राजीनामापछि उनले प्रतिक्रिया दिँदै भनेका छन्, ‘अघिल्लो पटक पनि उद्योग मन्त्रालय दिने भनियो र अन्तिममा दिनुभएन । अहिले पनि सुरुमा उद्योग दिने भनियो तर दिएनन् । गद्दारी गरियो । सरकारबाट बाहिरिन मन्त्रीबाट राजीनामा दिएका हौँ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन