"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस बैठकअघि सानेपामा नेविसंघको नाराबाजी

प्रकाशित मिति :  2 April, 2023 11:50 am


काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सानेपास्थित केन्द्रीय कार्यालय पुग्नुअघि नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले नाराबाजी सुरू गरेका छन् । नेविसंघको महाधिवेशन गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा धर्नामा बसिरहेका नेविसंघका कार्यकर्ताले पार्टीको बैठकमा पुग्ने नेताहरूका अघिल्तिर नाराबाजी गरेका हुन् ।

नेविसंघको केन्द्रीय महाधिवेशन तत्कालै हुनुपर्ने उनीहरूको माग छ । सभापति देउवाले तत्कालीन नेतृत्वले महाधिवेशन गर्न नसकेपछि विघटन गर्दै गत वर्ष ९ चैतमा एक वर्षभित्र महाधिवेशन गर्ने गरी नेविसंघको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए । तर अहिलेसम्म उनको कार्य समितिले पूर्णतासमेत पाउन सकेको छैन ।

दुजाङ एक्लैले नेविसंघको महाधिवेशन गराउने गरी जिल्ला अधिवेशनहरू समेत गराउन सकेका छैनन् । उनलाई दिइएको म्याद समेत एक साताअघि नै सकिसकेको छ ।

दुजाङको कार्यकाल सकिँदासम्म पनि महाधिवेशन नभएको भन्दै नेविसंघ कार्यकर्ताले महाधिवेशन हुने बातावरण सुनिश्चित गर्न माग गरेका हुन् । शनिबारदेखि रुपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौतले रिले अनशनसमेत थालेका थिए । दुजाङ शेर्पाको म्याद सकिएकाले उनलाई पदबाट हटाउनुपर्ने र नयाँ व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा