"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस बैठकअघि सानेपामा नेविसंघको नाराबाजी

प्रकाशित मिति :  2 April, 2023 11:50 am


काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सानेपास्थित केन्द्रीय कार्यालय पुग्नुअघि नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले नाराबाजी सुरू गरेका छन् । नेविसंघको महाधिवेशन गर्नुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा धर्नामा बसिरहेका नेविसंघका कार्यकर्ताले पार्टीको बैठकमा पुग्ने नेताहरूका अघिल्तिर नाराबाजी गरेका हुन् ।

नेविसंघको केन्द्रीय महाधिवेशन तत्कालै हुनुपर्ने उनीहरूको माग छ । सभापति देउवाले तत्कालीन नेतृत्वले महाधिवेशन गर्न नसकेपछि विघटन गर्दै गत वर्ष ९ चैतमा एक वर्षभित्र महाधिवेशन गर्ने गरी नेविसंघको केन्द्रीय तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनीत गरेका थिए । तर अहिलेसम्म उनको कार्य समितिले पूर्णतासमेत पाउन सकेको छैन ।

दुजाङ एक्लैले नेविसंघको महाधिवेशन गराउने गरी जिल्ला अधिवेशनहरू समेत गराउन सकेका छैनन् । उनलाई दिइएको म्याद समेत एक साताअघि नै सकिसकेको छ ।

दुजाङको कार्यकाल सकिँदासम्म पनि महाधिवेशन नभएको भन्दै नेविसंघ कार्यकर्ताले महाधिवेशन हुने बातावरण सुनिश्चित गर्न माग गरेका हुन् । शनिबारदेखि रुपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौतले रिले अनशनसमेत थालेका थिए । दुजाङ शेर्पाको म्याद सकिएकाले उनलाई पदबाट हटाउनुपर्ने र नयाँ व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन