"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्री र सचिवलाई नासुको खबरदारी : ‘नासुको आँसु देख्नु भएन’ भन्दै एसएमएस

प्रकाशित मिति :  2 April, 2023 12:22 pm


काठमाडौँ । देशभरका राजपत्र अनंकित कर्मचारी (नायब सुब्बा) ले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सचिवलाई एसएम एस पठाएर आफ्ना मागबारे ध्यानाकर्षण गराएका छन्। संघीय निजामती सेवा ऐनको मस्यौदामा आफूहरूले अघि सारेका विषय नसमेटिएको भन्दै उनीहरूले मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई एसएमएसमार्फत ध्यानाकर्षण गराएका हुन्।

ऐनको मस्यौदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरी सहमतिका लागि अर्थ र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ। कर्मचारीले भनेका छन्, ‘माननीय मन्त्रीज्यू, ‘नासुका आँसु देख्नु भएन? तपाईंको ऐन हामीलाई स्वीकार्य छैन।’

पाँच वर्ष सेवा अवधि भएका कर्मचारीलाई एक तह र दस वर्षभन्दा बढी सेवा अवधि भएका कर्मचारीलाई दुई तह वृद्धि गर्नुपर्ने माग उनीहरूको छ। तोकिएको सेवा अवधि र शैक्षिक योग्यता भएका राजपत्र अनंकित कर्मचारीलाई सहसचिव (एघारौँ) र उपसचिव (नवौँ) तहको खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने कानुनी व्यवस्था गर्नुपर्ने माग कर्मचारीले अघि सारेका छन्।

अधिकृत छैटौँ तहको पदपूर्तिमा ५० प्रतिशत खुला, ४० प्रतिशत बढुवा र १० प्रतिशत आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग उनीहरूको छ। यसैगरी सेवा प्रवेशकालागि चौथो, छैटौँ, नवौँ, र एघारौँ तहलाई प्रवेश बिन्दु कायम गर्नुपर्ने, सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्य बनाउनुपर्ने माग पनिउनीहरूले गरेका छन्।

निजामती सेवामा कार्यरत राजपत्र अनंकित कर्मचारीले प्रस्तावित संघीय निजामती ऐनमा समावेश गर्नुपर्ने विभिन्न माग राखी लामो समयदेखि विरोधका कार्यक्रम गर्दै आएका छन्। मुलुक संघीय शासन प्रणालीको गएको लामो समयसम्म संघीय निजामती सेवा ऐन नबन्दा प्रशासनिक अन्योलता बढेको जानकारहरू बताउँछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार