"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बारा २ मा उपेन्द्र यादवलाई समर्थन गर्ने कांग्रेसको निर्णय

प्रकाशित मिति :  2 April, 2023 1:14 pm


काठमाडौँ । नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेको छ। आइतबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यादवलाई सहयोग गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए। 

यसअघि बसेको समितिको बैठकमा पनि यादवलाई नै सघाउनेबारे छलफल भएको थियो। तर विवाद हुँदा उक्त बैठकले निर्णय गरेको थिएन। आइतबारको बैठकले भने सर्वसम्मतले निर्णय गरेको हो। वैशाख १० गते रिक्त रहेका तीन स्थानमा उपनिर्वाचन हुँदैछ। बारासँगै चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १मा पनि उपनिर्वाचन हुन लागेको हो। 

कांग्रेसले तनहुँमा केन्द्रीय सदस्य गोविन्द भट्टराई र चितवनमा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन