"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चितवन–२ मा रवि लामिछानेले गराए मनोनयन दर्ता

प्रकाशित मिति :  3 April, 2023 11:33 am


चितवन । उपनिर्वाचनका लागि चितवन–२ मा रवि लामिछानेले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्यको चुनावमा यहीँबाट निर्वाचित भएका थिए । नागरिकता विवादमा अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन–२ मा वैशाख १० मा उपनिर्वाचन हुन लागेको छ ।

चितवन–२ मा पहाडी क्षेत्र इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकासहित भरतपुर महानगरपालिकाका २९ मध्ये सदरमुकाम र नारायणगढ बजार क्षेत्र र यस आसपासका १० वटा वडाहरू रहेका छन् ।

चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार चितवन–२ मा यो पटक एक लाख २४ हजार ६९५ मतदाता कायम भएका छन् । मंसिरमाभन्दा ४८० मतदाता थपिएका छन् । मतदानका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र रहने छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी

काठमाडौँ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। भिजिट भिसामा विदेश जाने नेपालीसँग अवैध ढंगमा पैसा

काठमाडौं – आशन्न निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौं–४ बाट एकल सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन