"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओलीको आरोप : सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउन सक्छन्

प्रकाशित मिति :  6 April, 2023 6:39 pm


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध सत्ता गठबन्धनले महाअभियोगको प्रस्ताव ल्याउन सक्ने सम्भावना भएको बताएका छन्।

आज बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। ‘धेरैपल्ट राष्ट्रपतिज्यूलाई महाभियोग लगाउन खोजेका थिए तर पार लागेन। यिनीहरूले अहिलेको सभामुखविरुद्ध पनि महाभियोग ल्याउन बेर लगाउँदैनन्,’ उनले भने, ‘यिनीहरूसँग लाजसरम भन्ने केही छैन। यिनीहरूलाई के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन।’

स्थिरता चाहिन्छ भन्ने शक्ति एमालेबाहेक कोही नभएको उनको भनाइ छ। ‘बलियो शक्ति बनाउन नदिने छन्। हामीले शान्तिपूर्ण, विकासमुखी, जनपक्षीय समतामुलक देश बनाउने भनिरहेका छौँ,’ उनले भने। उनले एमाले हुन नसके देशका निम्ति एक भोट एमालेको चिह्नमा हाल्न भने सक्नुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा