"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राज्यलाई दूरसञ्चार ऐनका कारण ५० औँ अर्ब रुपैयाँ नोक्सान हुदै

प्रकाशित मिति :  8 April, 2023 11:14 am


काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले मस्यौदा गरिरहेको दूरसञ्चार ऐनका कारण नेपाललाई ५० औँ अर्ब रुपैयाँ नोक्सान हुने दाबी गरेका छन्। काठमाडौँमा शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले एनसेल २५ वर्षपछि सरकारको स्वामित्वमा आउनुपर्ने भए पनि भित्रभित्रै विभिन्न चलखेल गरी सरकारको स्वामित्वमा नआउने काम भइरहेको बताए।

उनले भने, ‘ऐन आउने भनेर सुनिरहेका छौँ हामीले। तर त्यो एक्टले ५० औँ अर्ब रुपैयाँ नेपाललाई नोक्सान हुने अवस्था छ। त्यो टेलिकमको कुरा गरेको हो। एनसेलले २५ वर्षपछि छोड्नुपर्ने, एनसीएलले दिनुपर्ने पैसा के छ? उसले के बदमासी गरेर मिलाउँदैछ? यस्ता कुरा भन्नुपर्छ तपाईंहरूले।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा