"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री प्रचण्ड एमाले सचिव लेखराज भट्टको घरमा किन गए ?

प्रकाशित मिति :  9 April, 2023 1:54 pm


धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज सुदूरपश्चिम गएका छन्। आइतबार बिहान बुद्ध एयरको नियमित उडानमार्फत् प्रधानमन्त्री प्रचण्ड धनगढी पुगेका थिए। लगत्तै प्रधानमन्त्री दाहाल गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियामा रहेको नेकपा एमालेका सचिव लेखराज भट्टको घर पनि पुगेका छन्।

प्रधानमन्त्री दाहालले एमाले सचिव भट्टसँग राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि कुराकानी गरेका छन्।‘यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ। यो घरको माथि एउटा कोठा छ, त्यहाँ म बस्थेँ,’ भट्टसँग भेटघाट गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री दाहालले भने, ‘त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर म आज यहाँ आएको हुँ। बाँकी कुरा लेखराजजी राजनीतिक व्यक्तित्व भएकोले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भइहाल्यो।’

भट्ट पहिले माओवादीमै थिए। नेकपाको एकीकरणबारे सर्वोच्च अदालतको आदेशपछि उनी एमालेमा लागेका हुन्। भट्टले पनि प्रधानमन्त्री प्रचण्डलाई घरमा स्वागत गरेको बताए। आफूले घरमा प्रधानमन्त्री दाहाललाई स्वागत गरेको र चिया खाएर प्रधानमन्त्री दाहाल गएको उनको भनाइ थियो।

यो भेटघाट तपाईंलाई माओवादीमै फर्काउने रणनीति हो? भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै एमाले सचिव भट्टले भने, ‘यो त अलग विषय हो, त्यो विषयमा हामीबीच अहिले कुनै छलफल नै भएन। त्यो अहिले सम्भावना पनि छैन।’ प्रधानमन्त्री दाहाल सुदूरपश्चिम विश्वविद्यालयमा हुने दीक्षान्त समारोहमा सहभागी हुन धनगढी गएका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा