"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा छौं : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  11 April, 2023 1:33 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सम्पूर्ण तागत अब अर्थतन्त्रलाई गति दिनमा केन्द्रित रहने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष दाहालले आफूले सरकारको नेतृत्व गरेदेखि नै अर्थतन्त्र सुधारका लागि ध्यान दिएको बताए ।

‘हामी अहिले बजेट तथा नीति निर्माण प्रक्रियाको अन्तिम चरणमा छौं, प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि निजी क्षेत्रका धेरै सुझाव संकलन गरिएको छ’ दाहालले भने ‘अहिलेका समस्या समाधानका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रबीच धेरै छलफल भएको छ । अब सम्पूर्ण तागत अर्थतन्त्रलाई गति दिनेमा नै हुनेछ ।’ तरलता, राजस्व र रेमिट्यान्समा सुधार ल्याउन सरकारले प्रयास गरेको दाहालले बताए । ब्याजदर कम गर्नेबारे, राजस्व संकलन बढाउनेबारे सरकारका निकायहरुसँग घनिभूत छलफलमा रहेको उनको भनाइ छ ।

विगतका तीन महिनामा अर्थतन्त्रका केही सूचकहरुमा सुधार आएको दाहालले बताए । ‘अहिले रेमिट्यान्समा सुधार आएको छ, विदेशी मुद्राको सञ्चिति सन्तोषजनक मात्रै होइन, विस्तारै उत्साहजनक अवस्थामा पुगेको छ,’ उनले भने । अर्थतन्त्र संकटमै जाने हो कि भन्ने शंका विगतमा देखिएको तर अहिले शंकाबाट सुधारतर्फ जाँदै गरेको दाहालले टिप्पणी गरे । निजी क्षेत्रले अर्थतन्त्रमा खेल्दै आएको भूमिका प्रति पनि उनले प्रशंसा गरे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक