"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेससँगको वार्ता समाप्त भएको गोविन्दराज जोशीको घोषणा

प्रकाशित मिति :  12 April, 2023 11:52 am


काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेका छन्। बुधबार एक विज्ञप्ति जारी गर्दै उनले वार्ताका नाममा झुक्याउने, अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको भन्दै यो चरणको वार्ता समाप्त भएको घोषणा हुन्।

विगतमा गरेका गल्तीप्रति आत्मालोचना गरे क्रियाशील सदस्य कायम रहने र आगामी वैशाख १० गते हुने तनहुँ-१ को उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन क्रियाशील रहे क्रियाशील सदस्यता कायम रहनेजस्ता वाक्यहरू राखेर कांग्रेसले जारी गरेको वक्तव्य जालझेलपूर्ण र अपमान गर्ने खालको दस्ताबेज भएको जोशीले विज्ञप्तिमा लेखेका छन्। उनले कांग्रेसको सो वक्तव्यलाई अस्वीकारसमेत गरेको जनाएका छन्।

‘गोविन्दराज जोशीसमेतको कारबाही फिर्ता भयो आदि कुरा भनी नेपाली कांग्रेसद्वारा गरिएको प्रचार बिलकुल झुटो हो। उक्त वक्तव्यले नेपाली कांग्रेस तनहुँको समस्या समाधान नगरी अझ झन् बल्झाएको महसुस हामीले गरेका छौँ,’ विज्ञप्तिमा उल्लेख छ।

यस्तै उनले उपनिर्वाचनमा योग्य उम्मेदवार छनोट गरी मताधिकार प्रयोग गर्न तनहुँ-१ का मतदातासँग अनुरोध गरेका छन्। ‘अबको हाम्रो लडाइँ कुनै पनि राजनीतिक विचार भन्दामाथि उठेर पार्टीको झन्डामा सीमित नभएर देश र जनताका लागि हुनेछ। किनभने राष्ट्र र राष्ट्रियताभन्दा माथि कुनै पनि राजनीतिक पार्टी हुन सक्दैन। जुन कुरामा न त हाम्रो हिजो विमति थियो न त आज नै,’ विज्ञप्तिमा भनिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा