"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ढाकाकुमारले भने- अडियो सार्वजनिक गरेर मलाई षड्यन्त्रमा फसाइयो, अब न्यायालय जान्छु

प्रकाशित मिति :  12 April, 2023 7:24 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले आफूलाई स्वार्थ समूहले फसाएको दाबी गरेका छन्। व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

आफूलाई स्वास्थयमन्त्री बनाउन प्रसाईंसँग घूस मागेको अडियो बाहिरिएपछि पार्टीले उनलाई कारबाही गर्दै सांसद पद खोसेर पार्टीको साधारण सदस्यबाटसमेत निलम्बन गरेको छ। उनले आफ्नो विषयले निर्वाचनको मुखमा पार्टीलाई क्षति पुगेको भन्दै माफी पनि मागे।

‘मसंग जोडिएको अडियो भाइरल भइरहेको छ। त्यसले पार्टी, उपनिर्वाचन र आफ्नै मानप्रतिष्ठालई घात परेको हुनाले म आफैँ क्षमा प्रार्थी छु,’ उनले भने, ‘कहाँकहाँबाट जोडेर अडियो बनाएर बाहिर आएको छ। यसको विषयमा हिजोबाट नै न्यायालय गइसकेको छु।’ सबै कुरा न्यायालयमा प्रष्ट भनेर आफू क्लिन चिट पाएर पाउने उनको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा