"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ढाकाकुमारले भने- अडियो सार्वजनिक गरेर मलाई षड्यन्त्रमा फसाइयो, अब न्यायालय जान्छु

प्रकाशित मिति :  12 April, 2023 7:24 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका कुमार श्रेष्ठले आफूलाई स्वार्थ समूहले फसाएको दाबी गरेका छन्। व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

आफूलाई स्वास्थयमन्त्री बनाउन प्रसाईंसँग घूस मागेको अडियो बाहिरिएपछि पार्टीले उनलाई कारबाही गर्दै सांसद पद खोसेर पार्टीको साधारण सदस्यबाटसमेत निलम्बन गरेको छ। उनले आफ्नो विषयले निर्वाचनको मुखमा पार्टीलाई क्षति पुगेको भन्दै माफी पनि मागे।

‘मसंग जोडिएको अडियो भाइरल भइरहेको छ। त्यसले पार्टी, उपनिर्वाचन र आफ्नै मानप्रतिष्ठालई घात परेको हुनाले म आफैँ क्षमा प्रार्थी छु,’ उनले भने, ‘कहाँकहाँबाट जोडेर अडियो बनाएर बाहिर आएको छ। यसको विषयमा हिजोबाट नै न्यायालय गइसकेको छु।’ सबै कुरा न्यायालयमा प्रष्ट भनेर आफू क्लिन चिट पाएर पाउने उनको भनाइ थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा (एमाले)को ११औं महाधिवेशन भृकुटीमण्डपमा जारी छ । आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । नयाँ नेतृत्वका लागि

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालविरूद्ध परेको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको निर्णयलाई झिकाउन विशेष अदालतले

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी