"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा निर्णय : सांसद् ढाका कुमार श्रेष्ठलाई कारबाही, विन्ध्यवासिनी कंसाकारलाई सांसद नियुक्त गर्दै

प्रकाशित मिति :  13 April, 2023 10:22 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठलाई कारबाही गर्दै पार्टीबाट निलम्बन गरेको छ। बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले श्रेष्ठको सांसद पदसमेत खारेजी गरेको छ। उनको ठाउँमा विन्ध्यवासिनी कंसाकारलाई नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकमा श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियोमा आफ्नो संलग्नता नभएको जिकिर गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले जानकारी दिए।

झापाका व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडियो सार्वजनिक भएपछि पार्टी कार्यालयमा बसेको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गरेको हो। रास्वपाले समानुपातिक सांसद रहेका श्रेष्ठको ठाउँमा कंसाकारलाई नियुक्त गर्ने निर्णय गरेको हो।

ढाकाले भने आफूलाई फसाउनको लागि सुनुयोजित रूपमा अडियो इडिट गरेर ल्याइएको दाबी गर्दै आफू न्यालयमा गइसकेकाले क्लिन चिट लिएर पुन: पार्टी राजनीतिमा फर्किने जिकिर गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा