"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा निर्णय : सांसद् ढाका कुमार श्रेष्ठलाई कारबाही, विन्ध्यवासिनी कंसाकारलाई सांसद नियुक्त गर्दै

प्रकाशित मिति :  13 April, 2023 10:22 am


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठलाई कारबाही गर्दै पार्टीबाट निलम्बन गरेको छ। बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले श्रेष्ठको सांसद पदसमेत खारेजी गरेको छ। उनको ठाउँमा विन्ध्यवासिनी कंसाकारलाई नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकमा श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियोमा आफ्नो संलग्नता नभएको जिकिर गरेको बैठकपछि पत्रकार सम्मेलनमा पार्टी सभापति रवि लामिछानेले जानकारी दिए।

झापाका व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडियो सार्वजनिक भएपछि पार्टी कार्यालयमा बसेको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी निलम्बन गरेको हो। रास्वपाले समानुपातिक सांसद रहेका श्रेष्ठको ठाउँमा कंसाकारलाई नियुक्त गर्ने निर्णय गरेको हो।

ढाकाले भने आफूलाई फसाउनको लागि सुनुयोजित रूपमा अडियो इडिट गरेर ल्याइएको दाबी गर्दै आफू न्यालयमा गइसकेकाले क्लिन चिट लिएर पुन: पार्टी राजनीतिमा फर्किने जिकिर गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा (एमाले)को ११औं महाधिवेशन भृकुटीमण्डपमा जारी छ । आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । नयाँ नेतृत्वका लागि

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालविरूद्ध परेको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको निर्णयलाई झिकाउन विशेष अदालतले

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी