"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शेखर-गगन पक्षबाट मन्त्री टुङ्गो लगाउन बालुवाटारमा छलफल गर्दै

प्रकाशित मिति :  13 April, 2023 11:48 am


काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले सरकारमा पठाउने मन्त्रीबारे छलफल सुरू गरेको छ। नेता शेखर कोइरालाको बालुवाटारस्थित सचिवालयमा आज बिहान बैठक बसेको छ। उक्त बैठकमा सरकारमा आफ्नो समूहबाट पठाउने मन्त्रीबारे छलफल भइरहेको एक नेताले जानकारी दिए।

१४ औं महाधिवेशनमा कोइराला पक्षबाट निर्वाचित पदाधिकारीहरू लगायत केही नेता र सांसदहरू बैठकमा सहभागी छन्। बैठकमा महामन्त्री गगन थापा पनि छन्। कोइराला-थापा पक्षले कम्तीमा ३ मन्त्री आफूहरूले छान्न पाउनुपर्ने अडान राखेका थिए। कांग्रेसले ८ मन्त्रालय पाएकोमा यसअघि ४ मन्त्री मात्रै सरकारमा पठाएको थियो।

कांग्रेसले यसअघि पूर्णबहादुर खड्का, प्रकाशशरण महत, सीता गुरूङ र रमेश रिजाललाई मन्त्री बनाएको थियो। कोइराला-थापा पक्षले मन्त्री छानेर सभापति शेरबहादुर देउवालाई दिएमा देउवाले नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिनेछन्। सभापति देउवा पक्षले भने एनपी साउद र मोहनबहादुर बस्नेतलाई मन्त्री बनाउने यसअघि नै सहमति गरेका थिए।

कोइराला-थापा पक्षले भने नाम दिन ढिलाइ गरिरहेका छन्। सभापति देउवा पक्षले ३ मन्त्रीको नाम पठाउन भनेपछि कोइराला र थापा पक्ष छलफलमा जुटेका हुन्। कांग्रेसले प्रधानमन्त्री प्रचण्डसँग ९ मन्त्रालय माग गरिरहेको छ। सत्ता गठबन्धनभित्र कांग्रेसलाई ८ मन्त्रालय दिने सहमति बनेको थियो।

कांग्रेस, जसपा र जनमतले मन्त्री नपठाउँदा अझै ६ मन्त्रालय प्रधानमन्त्री दाहालले हेर्दै आएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा