"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शेखर-गगन समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन देउवा तयार

प्रकाशित मिति :  13 April, 2023 6:51 pm


काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। शेखर कोइराला-गगनकुमार थापा समूहको आज बसेको बैठकमा कोइरालाले नेताहरूलाई यसबारे ब्रिफिङ गराएका हुन्।

‘तीन मन्त्री र एक राज्यमन्त्री हाम्रो समूहले पाउँछ,’ कोइरालालाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘सरकारमा सहभागी हुने कुरा उपनिर्वाचनपछि हुन सक्छ। अहिले सरकारमा जाँदा उपनिर्वाचनमा नकारात्क सन्देश जान सक्छ।’

यो समूहमा मन्त्रीको नाम लगभग टुंगो लागेको तर राज्यमन्त्रीको विषयमा छलफल हुनै बाँकी रहेको बताइएको छ। उपसभापति धनराज गुरुङ, डिगबहादुर लिम्बू मन्त्री बन्ने पक्का छ। सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेमध्ये एक मन्त्री बन्नेछन्।

उता सभापति शेरबहादुर देउवा समूहबाट एनपी साउद र मोहन बस्नेत मन्त्री बन्ने सम्भावना बढी छ। देउवाको समूहबाट पूर्णबहादुर खड्का, प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ मन्त्री भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा (एमाले)को ११औं महाधिवेशन भृकुटीमण्डपमा जारी छ । आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । नयाँ नेतृत्वका लागि

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालविरूद्ध परेको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको निर्णयलाई झिकाउन विशेष अदालतले

काठमाडौँ — नेपालमा भदौ २४ गतेको विध्वंशपछि विधिको शासनको ठाउँमा अराजकको शासन चलिरहेको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी