"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शेखर-गगन समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन देउवा तयार

प्रकाशित मिति :  13 April, 2023 6:51 pm


काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ। शेखर कोइराला-गगनकुमार थापा समूहको आज बसेको बैठकमा कोइरालाले नेताहरूलाई यसबारे ब्रिफिङ गराएका हुन्।

‘तीन मन्त्री र एक राज्यमन्त्री हाम्रो समूहले पाउँछ,’ कोइरालालाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘सरकारमा सहभागी हुने कुरा उपनिर्वाचनपछि हुन सक्छ। अहिले सरकारमा जाँदा उपनिर्वाचनमा नकारात्क सन्देश जान सक्छ।’

यो समूहमा मन्त्रीको नाम लगभग टुंगो लागेको तर राज्यमन्त्रीको विषयमा छलफल हुनै बाँकी रहेको बताइएको छ। उपसभापति धनराज गुरुङ, डिगबहादुर लिम्बू मन्त्री बन्ने पक्का छ। सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेमध्ये एक मन्त्री बन्नेछन्।

उता सभापति शेरबहादुर देउवा समूहबाट एनपी साउद र मोहन बस्नेत मन्त्री बन्ने सम्भावना बढी छ। देउवाको समूहबाट पूर्णबहादुर खड्का, प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङ मन्त्री भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा