"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कोरोना संक्रमण बढ्यो, सतर्कता अपनाउन चिकित्सकको सुझाव

प्रकाशित मिति :  16 April, 2023 1:36 pm


काठमाडौँ । केही दिनयता नेपालमा कोरोना भाइरस संक्रमण बढेको छ। संक्रमित बढ्न थालेसँगै काठमाडौँका अस्पतालमा खोप लगाउनेको उपस्थिति बाक्लिएको छ। नेपालमा दैनिक एक सयको हाराहारीमा संक्रमित थपिइरहेका छन्।

यसबीचमा केही नागरिकहरुको कोरोना भाइरसका कारण निधन भएको छ। तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेमा भने ज्येष्ठ नागरिक र दीर्घरोगी मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए।

उनका अनुसार कोरोना भाइरस बढिरहनुको कारण हालका लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्ट हुन्। उनले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधाभन्दा धेरै नयाँ प्रजातिको रहेको जानकारी दिए।

डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको बताए। उनले भने, ‘यो सबभेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको छ।’ कोरोना संक्रमण बढेसँगै काठमाडौँको शुक्रराज अस्पतालमा उपचार गराउनेको संख्या बढेको छ। अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरू स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ।

डा.पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुलाई बेलैमा बुस्टर लगाउन पनि आग्रह गरेका छन्। उनले कोरोना संक्रमणलाई थप विस्तार हुन नदिन मास्कको अनिवार्य प्रयोग र हातको सरसफाइ राम्रोसँग गर्न पनि सुझाव दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – विश्व स्वास्थ्य संगठनको (डब्लूएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले उपाध्यक्षको जिम्मेवारी पाएको छ ।जेनेभामा सोमबार आयोजित महासभाको

काठमाडौँ- सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा.डा.जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन

काठमाडौं – विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य