"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संवैधानिक परिषद्को बैठक शुक्रबार बस्ने तयारी

प्रकाशित मिति :  18 April, 2023 12:42 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। उनले शुक्रबार बिहान ९ बजेका लागि सिंहदरबारमा बैठक बोलाएका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त बैठकमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा छलफल हुनेछ। लामो समयदेखि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशकै भरमा चलिरहेको छ। 

बार एशोसियशनले केही दिनअघि नै एक साताभित्र प्रधानन्यायाधीश नियुक्ति नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। टिआरसीलगायत प्रधानन्यायाधीशको नियुक्तिका विषयमा छलफल गर्न सोमबार प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका थिए। 

त्यहाँ प्रधानन्यायाधीश नियुक्तिका विषयमा एमाले सहमत भए पनि टिआरसी विधेयकबारे भने समितिमै छलफलका लागि लैजानुपर्ने धारण एमालेले राखेको थियो। यही विषयमा केही बेरअघि बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक पनि बसेको थियो। उक्त बैठकपछि नै प्रधानमन्त्री प्रचण्डले शु्क्रबार संवैधानिक परिषद्को बैठक बोलाउने निर्णय गरेका हुन्। 

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ। हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन्।  प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य छन्।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि बस्ने संवैधानिक परिषदको बैठकमा भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सदस्य रहनेछन् । हाल कानुनमन्त्री पद पनि रिक्त छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा