"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बदलिएको समय अनुरुप बदलिनु बाहेकको विकल्प छैन : महामन्त्री विश्वप्रकाश

प्रकाशित मिति :  26 April, 2023 9:27 am


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् । यो सन्देश अनुरुप आफूलाई बदलेर नयाँ ढंगले जुट्ने उनले बताएका छन् । महामन्त्री शर्माले ट्वीटरमा लेखेका छन्, ‘परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएको छ । देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरुप आफूलाई बदल्नुछ ।’

मतदाताको प्रत्येक मतलाई सम्मान गर्ने बताउँदै उनले लेखेका छन्, ‘नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं हामी ।’ प्रतिनिधि सभा उपनिर्वाचन भएका तीन वटा क्षेत्रमध्ये चितवन २ र तनहुँ १ रास्वपाले तथा बारा २ जसपाले जितेका छन् । कांग्रेसले उपनिर्वाचनका लागि चितवनमा महामन्त्री विश्वप्रकाश शर्मालाई र तनहुँमा अर्का महामन्त्री गगन थापालाई खटाएको थियो ।

चितवन र तनहुँमा कांग्रेस उम्मेदवारले लज्जास्पद हार व्यहोरे । बारामा भने कांग्रेसले जसपाका उपेन्द्र यादवलाई समर्थन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा