"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उपनिर्वाचनबाट निर्वाचित लामिछाने र वाग्लेले आज शपथग्रहण गर्दै

प्रकाशित मिति :  28 April, 2023 11:12 am


काठमाडौँ । उपनिर्वाचनबाट चुनिएका दुई प्रतिनिधिसभा सदस्यहरूको शपथग्रहण आज हुँदैछ। चितवन-२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ-१ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ ग्रहण गर्न लागेको संघीय संसद्का सहसचिव एकराम गिरीले जानकारी दिए।

उनीहरूलाई कानुन न्याय तथा मानवअधिकारको हलमा सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लोगो वितरण गर्नेछन्।

बारा-२ बाट निर्वाचित सांसद उपेन्द्र यादव काठमाडौं बाहिर भएकोले आज शपथ नहुने गिरीले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा