"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएसन धर्नामा

प्रकाशित मिति :  30 April, 2023 6:29 pm


काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आइतबारदेखि विरोध प्रदर्शन सुरु गरेका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा बारको कार्यालय परिसरमा भइरहेको प्रदर्शन एक हप्तासम्म चल्नेछ ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया अघि बढाउनुपर्ने माग राखी यसअघि सरकारको ध्यानाकर्षण र दबावमूलक कार्यक्रम गर्दै आएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाए पनि उक्त बैठकले प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्न सकेन । त्यसपछि फेरि बारले दबावमूलक आन्दोलन अघि बढाएको हो ।

प्रमुख दलहरुबीच संवैधानिक परिषदसम्बन्धी विधेयकमा नै मत बाझिएको छ । त्यसैले संसदबाट विधेयक पारित नहुँदा प्रधानन्यायाधीश नियुक्ति सिफारिस हुन सकेको छैन । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।

नेपाल बार एशोसिएसनको केन्द्रीय समिति र विभिन्न अदालतको बार इकाइहरुले पनि प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै धर्ना र आन्दोलन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गरेका छन्। शर्मालाई पौडेलले मंगलबार नेपालको ३३ औँ प्रधानन्यायाधीशमा नियुक्त गरेका

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छन्। शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन

काठमाडौं – प्रतिनिधिसभा नियमावलीको मस्यौदा तयार भएको छ । प्रतिनिधिसभाको बैठकले गत २३ चैतमा रास्वपाका सांसद गणेश पराजुलीको नेतृत्वमा मस्यौदा समिति

काठमाडौँ- सपना प्रधान मल्ल आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीश बनेकी छन्। प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश पाएपछि उनले जिम्मेवारी सम्हालेकी