"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एशोसिएसन धर्नामा

प्रकाशित मिति :  30 April, 2023 6:29 pm


काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै कानुन व्यवसायीहरुले आइतबारदेखि विरोध प्रदर्शन सुरु गरेका छन् । नेपाल बार एशोसिएसनको अगुवाइमा बारको कार्यालय परिसरमा भइरहेको प्रदर्शन एक हप्तासम्म चल्नेछ ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्तिका लागि प्रक्रिया अघि बढाउनुपर्ने माग राखी यसअघि सरकारको ध्यानाकर्षण र दबावमूलक कार्यक्रम गर्दै आएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाए पनि उक्त बैठकले प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्न सकेन । त्यसपछि फेरि बारले दबावमूलक आन्दोलन अघि बढाएको हो ।

प्रमुख दलहरुबीच संवैधानिक परिषदसम्बन्धी विधेयकमा नै मत बाझिएको छ । त्यसैले संसदबाट विधेयक पारित नहुँदा प्रधानन्यायाधीश नियुक्ति सिफारिस हुन सकेको छैन । तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।

नेपाल बार एशोसिएसनको केन्द्रीय समिति र विभिन्न अदालतको बार इकाइहरुले पनि प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै धर्ना र आन्दोलन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिका क्रममा तोडफोड र आगजनीबाट क्षति भोगेको सर्वोच्च अदालतका सम्पूर्ण सेवा मंसिर १ देखि सञ्चालनमा आउने

काठमाडौँ — राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले

काठमाडौँ – सर्वोच्च अदालतले संसद् विघटन विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कुनै कानुन नल्याइने बताएका छन्। आइतबार नेपाली कांग्रेसनिकट नेपाल