"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय मैले गरेको होइन : प्रधानमन्त्री

प्रकाशित मिति :  1 May, 2023 12:30 pm


चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय आफूले नगरेको दाबी गरेका छन्। भरतपुर- १४ शान्तिनगरस्थित प्रधानमन्त्रीको निवासमा आयोजित पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रचण्डले अयोग्य लडाकुलाई पैंसा दिने निर्णय २०७१ सालमा भएको र अहिले सो निर्णय कार्यान्वयन मात्रै भएको बताए।

उनले भने,’पूर्वलडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय अहिले मेरो नेतृत्वको सरकारले गरेको होइन।  २०७१ सालमा गरिएको निर्णयको कार्यान्वयन मात्रै हो। पैसा वितरण गर्ने कुरामा मुद्दा परेपछि अन्तरिम आदेशले वितरण रोकिएको थियो ,म प्रधानमन्त्री हुनुअघि अदालतले दिनुपर्ने भनेपछि अदालतको फैसलाको आधारमा टेकेर कार्यान्वयन गर्ने निर्णय मात्रै गर्न लागेको हो ।’

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार रहँदा पटकपटक छलफल गरी निर्णय गरिएको दावी  गरे। अहिले अर्थतन्त्र त्यही दुई लाखले सकिने भयो भनेर झुठो प्रचार गरिएको उनको भनाइ छ। उनले भने,’ अहिले अर्थतन्त्र त्यही दुई लाखले सकिने भयो भनेर झुठो प्रचार गरियो। कांग्रेस र एमाले नेतृत्वको सरकारको पालामा छलफल चलेको हो।’

सरकारले जनताले सम्झनलायक काम गरिरहेको बताए।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै

काठमाडौँ- नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन