"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय मैले गरेको होइन : प्रधानमन्त्री

प्रकाशित मिति :  1 May, 2023 12:30 pm


चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय आफूले नगरेको दाबी गरेका छन्। भरतपुर- १४ शान्तिनगरस्थित प्रधानमन्त्रीको निवासमा आयोजित पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रचण्डले अयोग्य लडाकुलाई पैंसा दिने निर्णय २०७१ सालमा भएको र अहिले सो निर्णय कार्यान्वयन मात्रै भएको बताए।

उनले भने,’पूर्वलडाकुलाई दुई लाख रुपैयाँ दिने निर्णय अहिले मेरो नेतृत्वको सरकारले गरेको होइन।  २०७१ सालमा गरिएको निर्णयको कार्यान्वयन मात्रै हो। पैसा वितरण गर्ने कुरामा मुद्दा परेपछि अन्तरिम आदेशले वितरण रोकिएको थियो ,म प्रधानमन्त्री हुनुअघि अदालतले दिनुपर्ने भनेपछि अदालतको फैसलाको आधारमा टेकेर कार्यान्वयन गर्ने निर्णय मात्रै गर्न लागेको हो ।’

प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार रहँदा पटकपटक छलफल गरी निर्णय गरिएको दावी  गरे। अहिले अर्थतन्त्र त्यही दुई लाखले सकिने भयो भनेर झुठो प्रचार गरिएको उनको भनाइ छ। उनले भने,’ अहिले अर्थतन्त्र त्यही दुई लाखले सकिने भयो भनेर झुठो प्रचार गरियो। कांग्रेस र एमाले नेतृत्वको सरकारको पालामा छलफल चलेको हो।’

सरकारले जनताले सम्झनलायक काम गरिरहेको बताए।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा