"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने

प्रकाशित मिति :  1 May, 2023 2:47 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् । आज (सोमबार) बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले संसदीय दलको नेतामा सभापति लामिछानेलाई चयन गरेको हो ।

उपनिर्वाचनबाट पुनः निर्वाचित भएर आएपछि पहिलोपटक केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको थियो । सोही बैठकबाट लामिछानेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।

लामिछाने पदमुक्त भए पछि पार्टीले उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । उपनिर्वाचनबाट लामिछाने जितेर आएपछि अर्यालले अस्ति (शनिबार) राजीनामा दिएका थिए ।

चितवन २ बाट लामिछाने र तनहुँ १ मा स्वर्णिम वाग्ले निर्वाचित भएसँगै रास्वपाको सांसदको संख्या २१ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै

काठमाडौँ- नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। पार्टी केन्द्रीय निर्वाचन