"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने

प्रकाशित मिति :  1 May, 2023 2:47 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् । आज (सोमबार) बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले संसदीय दलको नेतामा सभापति लामिछानेलाई चयन गरेको हो ।

उपनिर्वाचनबाट पुनः निर्वाचित भएर आएपछि पहिलोपटक केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको थियो । सोही बैठकबाट लामिछानेलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।

लामिछाने पदमुक्त भए पछि पार्टीले उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । उपनिर्वाचनबाट लामिछाने जितेर आएपछि अर्यालले अस्ति (शनिबार) राजीनामा दिएका थिए ।

चितवन २ बाट लामिछाने र तनहुँ १ मा स्वर्णिम वाग्ले निर्वाचित भएसँगै रास्वपाको सांसदको संख्या २१ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा