"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भुटानी शरणार्थी प्रकरण छानविनका लागि आयोग बनाउन अर्जुननरसिंह केसीको सुझाव

प्रकाशित मिति :  8 May, 2023 12:58 pm


काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भूटानी शरणार्थी प्रकरणको छानविन गर्न शक्तिशाली आयोग बनाउनुपर्ने बताएका छन्।  सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद केसीले शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा पूर्वगृहमन्त्री समेत मुछिएको विषय सार्वजनिक भइसकेकोले निष्पक्ष छानविनका लागि आयोग बनाउन माग गरेका हुन्। 

उनले विश्वका अन्य मुलुकमा पनि विभिन्न घटनामा राष्ट्रपति र प्रधानमन्त्रीदेखि उच्च पदस्थ व्यक्तिहरु कारबाहीमा परेको तथ्य प्रस्तुत गरे। 

केसीले भूटानी शरणार्थी प्रकरणमा उच्च पदस्थ व्यक्तिहरु नै मुछिएको घटनाले राष्ट्रलाई लज्जित बनाएको बताउँदै यथाशिघ्र टुंगो लगाउनुपर्ने बताए। 

‘कमसेकम भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा निष्पक्ष, पारदर्शी, स्वतन्त्र र सर्वाधिकार सम्पन्न आयोग गठन गरी निश्चित समयमा टुंगो लगाऔं,’उनले भने। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा