"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँने तयारीमा स्वास्थ्यमन्त्री

प्रकाशित मिति :  11 May, 2023 10:24 am


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन्। बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले बिमा गरेकालाई उपचारमा सरलीकरण गरिने बताएका हुन्।

स्वास्थ्य बिमा गरेका मानिसहरूलाई उपचारको क्रममा दोस्रो नागरिकको व्यवहार हुने गरेको सुनिएकाले यसलाई सरलीकरण गर्न सरकार लागिपर्ने उनले बताए। मन्त्री बस्नेतले स्वास्थ्य बिमा कार्यक्रम राम्रो भएको र यसको बजेट बढाएर प्रभावकारी कार्यान्वयनमा लैजान मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको पनि बताए।

‘यो स्वास्थ्य बिमाबारे गम्भीर विषय उठेको छ,’ उनले भने, ‘स्वास्थ्य बिमामा एक रूपता पनि रहेन। अनि बिमा गरेको मान्छे भनेर हस्पिटलमा जाने वित्तिकै त्यसलाई दोस्रो दर्जाको बिरामीको रूपमा हेरिने अवस्था पनि सुनेको छु मैले। बिमा कार्यान्वयन गर्ने पक्ष त्यतिधेरै प्रभावकारी देखिएको छैन। मैले यो विषयमा सम्बन्धित व्यक्तिहरुसँग कुरा गरी यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर पनि कुरा गर्दै आएको छु।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – विश्व स्वास्थ्य संगठनको (डब्लूएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभामा नेपालले उपाध्यक्षको जिम्मेवारी पाएको छ ।जेनेभामा सोमबार आयोजित महासभाको

काठमाडौँ- सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा.डा.जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायतका सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन

काठमाडौं – विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य