"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अत्याधुनिक भवन बनाउँदै: त्रिवि केन्द्रिय पुस्तकालय

प्रकाशित मिति :  ७ फाल्गुन २०७८, शनिबार ०८:३२


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयले अत्याधुनिक भवनको निर्माण सुरु गरेको छ । कीर्तिपुरस्थित विश्वविद्यालय परिसरको गान्धी भवनसँगै ७ हजार ८ सय ७५ स्क्वायर मिटर क्षेत्रफलमा भवन निर्माण सुरु भएको हो । डिजाइनअनुसार २ हजार ७ स्क्वायर मिटरमा मूल भवन र थप चारवटा साना भवन बन्नेछन् । 

पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठका अनुसार भारत सरकारको अनुदान सहयोगमा निर्माण थालिएको हो । साढे तीनतले भवनका निम्ति ३६ करोड ११ लाख ६६ हजार रुपैयाँ लागत इस्टिमेट रहेको छ । ‘जग निर्माण गरी पिलर उठाउन थालिएको छ,’ उनले भने, ‘वर्तमान समयको मागअनुसार अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक प्रविधियुक्त पुस्तकालय हुनेछ ।’ सम्झौताअनुसार काम सुरु भएको १५ महिनाभित्र नयाँ भवनमा पुस्तकालय सञ्चालनमा आउने उनले बताए । भवनमा लिफ्ट, हिटिङ–कुलिङ तथा आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन डिभाइस) प्रणाली जडान हुनेछ । भौतिक पुस्तकालय, कम्प्युटर ल्याब, कन्फरेन्स हल, प्रदर्शनी कक्ष, भवनको भित्र र बाहिर अध्ययन कक्षा रहनेछन् ।

भारत सरकारकै सहयोगमा २०२४ मा बनेको दुईतले पुस्तकालय भवन २०७२ सालको भूकम्पले जीर्णावस्थामा छ । सोही भवनसँगै टाँसेर बनाइएका एनेक्स भवनबाट पुस्तकालय चलिरहेको छ ।

केन्द्रीय पुस्तकालयले भौतिक र अनलाइन सेवा दिँदै आएको छ । यहाँ ४ लाख ३० हजार किताब, बाउन्ड जर्नल, पत्रपत्रिका छन् । सात हजारभन्दा बढी स्नातकोत्तर, एमफिल र विद्यावारिधिका शोधपत्र, अनुसन्धानपत्र, अनुसन्धानात्मक प्रतिवेदन छन् । पुस्तकालय अधिकृत विजय शर्माले भने, ‘त्रिविअन्तर्गतका क्याम्पसले थेसिसलाई डिजिटल लाइब्रेरीको डाटाबेसमा राख्न सक्छन् ।’ यहाँ भौतिक रूपमा पढ्न आउने १ हजार २ सय सदस्य छन् । त्यसैगरी अनलाइन पुस्तक स्रोतहरू ५ करोडभन्दा बढी छन् । जसमा १८ हजार अनलाइन सदस्य छन् । त्रिविका प्राध्यापक, कर्मचारी, विद्यार्थीमात्र नभई विभिन्न विश्वविद्यालय, प्रतिष्ठान, विदेशी अनुसन्धातासमेत सदस्य रहेका छन् । शर्माका अनुसार वार्षिक दुई सय रुपैयाँमा सदस्य बन्न सकिन्छ ।

‘अनलाइन माध्यमबाट दुर्गमका पाठकले समेत पढ्न पाउने सुविधा उपलब्ध छ,’ प्रमुख श्रेष्ठले भने, ‘अब अत्याधुनिक भवन बनेपछि चौबीसै घण्टा पुस्तकालय सेवा सञ्चालन हुनेछ ।’ केन्द्रीय पुस्तकालयले दुई दशकदेखि नयाँ पुस्तक प्रकाशनका निम्ति आवश्यक आईएसबीएन (इन्टरनेसनल स्टान्डर्ड बुक नम्बर) वितरण गर्दै आएको छ । यसैगरी यो वर्षबाट ‘एन्टी प्लेजरिजम सफ्टवेयर मेसिन’ (बौद्धिक चोरी जाँच्ने यन्त्र) जडान गरी सञ्चालनमा ल्याएको छ । यो मेसिनले कुनै पनि नयाँ शोधपत्रमा अन्य डिजिटल भर्सनमा अर्काभिङ गरिएका सन्दर्भ स्रोतलाई ‘एन्टी प्लेजरिजम मेसिन’ लगाएर नक्कल भए/नभएको जाँच गरिन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिंग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा

काठमाडौं। काठमाडौ विश्वविद्यालयको २९औ दीक्षान्त समारोहमा २ हजार ३ सय १४ जना विद्यार्थी दीक्षित भएका छन्। शुक्रबार काठमाडौ विश्वविद्यालय परिसरमा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६ औं सभा

काठमाडौँ – कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय