"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति भण्डारीले ५१३ कैदीलाई आममाफी घोषणा

प्रकाशित मिति :  19 February, 2022 3:05 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ५१३ जनालाई आममाफीको घोषणा गरेकी छिन् । नेपालको संविधानको धारा २७६ बमोजिम उनले फुर्वा शेर्पासहित ५०१ जना केदीहरुको भुक्तान हुन बाँकी कैद मिनाहाको घोषणा गरेकी हुन् ।

यस्तै उनले मन्त्रिपरिषद्को सिफारिसमा थप १२ जनासमेतलाई आममाफीको घोषणा गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । आममाफी पाउने थप १२ जनामा आङनिमा शेर्पालगायत रहेका छन् ।

सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।

यसैगरी  विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसला बमोजिम कैद, जरिवाना, सर्वस्वलगायत सजाय माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

‘नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, सर्वोच्च अदालतको मिति २०७७ साउन १९ मा भएको परमादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४ को दफा ४५ को उपदफा (४) तथा बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ३६ को उपदफा (४) र फौजदारी कसूर (कैद कट्टा) (पहिलो संशोधन) नियमावली, २०७६ को नियम ३ बमोजिम मन्त्रिपरिषद्को सिफारिस,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७८ फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश शेर्पा फिनासा भन्ने फूर्वा शेर्पासमेत ५०१ (पाँच सय एक) जना कैदीहरूको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध