"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

प्रकाशित मिति :  20 February, 2022 7:31 am


काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ । ग्यासमा घाटा भएपनि मूल्य नबढाइएको निगमले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप प्रति लिटर पेट्रोल रु.५.६१ ले बढेको, डिजेल रु.५.६२ ले बढेको र हवाई इन्धन रू. ४.९५ ले बढेर आएको र यस अनुरूप निगमलाई १५ दिनमा करीब रू. २ अर्ब ४० करोड घाटा हुने अवस्था रहेका कारण मूल्य बढाउन परेको निगमको भनाइ छ ।

मूल्य समायोजनले निगमको १५ दिनको जम्मा घाटा करिब रू. २ अर्व ४० करोडबाट करिब रू. २५ करोडले घटी अझै करीब रू. २ अर्ब १५ करोड घाटा यथावत नै रहने निगमले जनाएको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा निगमले करीब रू. २४ अर्व नोक्सानी व्यहोरी सकेकोले पेट्रोलियम पदार्थ खरिद वापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाइ राख्न आगामी दिनहरूमा निगमलाई थप कठिनाई हुने देखिएको पनि निगमको भनाइ छ । यस मूल्य समायोजन पश्चात् भारतको सिमावर्ती बजार रक्सौलको भन्दा नेपालको विरंगज क्षेत्रको खुद्रा विक्री मूल्य नेपालतर्फ सस्तो रहेको पनि विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ