"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नीति तथा कार्यक्रमले देशका विद्यमान चुनौतीको समाधान गर्छ : प्रधानमन्त्री

प्रकाशित मिति :  23 May, 2023 3:58 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमको विरोध गर्न सैद्धान्तिक र नैतिक धरातल कसैसँग नभएको बताएका छन् । प्रतिपक्षमा रहेका र सत्तापक्षमा रहेकाको न्यूनतम साझा कार्यक्रमको धरातलमा उभिएर नीति तथा कार्यक्रम बनेकाले यसको अति विरोध र अति समर्थन आवश्यक नभएको प्रधानमन्त्री दाहालको भनाइ थियो । 

राष्ट्रिय सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय सहमतिमा आफू अगाडि बढेको पनि बताए । नीति तथा कार्यक्रम आफू प्रधानमन्त्री भएपछिका दुवै गठबन्धन (एमाले र कांग्रेससँगको) का न्यूनतम साझा कार्यक्रममा आधारित भएर ल्याइएको पनि उनको भनाइ थियो ।

‘सैद्धान्तिक, राजनीतिक र नैतिक धरातलमा उभिएर भन्ने हो भने यो नीति तथा कार्यक्रम हामी सबैको राष्ट्रिय सहमतिको बन्न गएको छ । यो मौलिक विशेषयता दुर्लभ भेटिन्छ, सधैं यस्तो भेटिँदैन । हामी अहिले सत्ता र प्रतिपक्षमा त छौं तर यस्तो चरित्र पृष्ठ भूमिसहित छौं कि हामीले साझा नीति कार्यक्रम सामूहिक रूपले सार्वजनिक गर्‍यौं । त्यसको जगमा सरकारको नीति तथा कार्यक्रम बनेको हुनाले अतिमा गएर यसको विरोध गर्ने पनि सैद्धान्तिक र नैतिक धरातल देखिँदैन । अतिमा गएर समर्थन गर्नुपर्ने पनि छैन,’ उनले भने, ‘हिजो प्रतिपक्षमा रहेकाको पनि र आज प्रतिपक्षमा रहेकाको पनि विचार, धारण, योजना, साझा न्यूनतम कार्यक्रम यसमा समेटिएका छन् ।’

प्रधानमन्त्री दाहालले गत पुस १० मा भएको एमालेसँगको गठबन्धनको साझा न्यूनतम कार्यक्रम र पछि कांग्रेससँग भएको गठबन्धनको साझा न्यूनतम कार्यक्रममा आधारित भएर नीति तथा कार्यक्रम ल्याइएको बताए ।

नीति तथा कार्यक्रमले देशका समस्या समाधान गर्दै गर्दै सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा हासिल गर्ने उद्देश्य लिएको दाहालको भनाइ थियो । नीति तथा कार्यक्रममा आर्थिक सामाजिक रूपान्तरणका नवीन सोच र कार्यक्रम समेटिएको उनले बताए । वितगदेखि कार्यान्वयनमा रहेका योजना, नीति तथा कार्यक्रमलाई वर्तमान सरकारले पनि निरन्तरता दिएकै भरमा ‘परम्परागत’ भनेर आलोचना गर्नु हलुका टिप्पणी हुने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा