"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली शरणार्थी प्रकरणमा रास्वपाले गर्‍यो संसदीय छानबिनको माग

प्रकाशित मिति :  24 May, 2023 11:50 am


काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले नक्कली शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमै रास्वपाका सभापति रवि लामिछानले समय लिएर बोल्दै यो प्रकरण निष्पक्ष अनुसन्धान र अभियोजनमा आशंका उत्पन्न भएकाले संसदीय छानबिन आवश्यक रहेको बताए ।

उनले प्रकरणमा जोडिएका व्यक्तिहरुलाई सोधपुछसमेत नहुनुले गम्भीर आशंका उत्पन्न भएको उल्लेख गरे ।

‘यो काम अँध्यारो कोठा र गल्लीमा भएको भएको थिएन, बालुवाटार र सिंहदरबारमा बसेकाहरूबाट भएको कुरा आएका छन् । अब संसदीय विशेष समितिको गठन गरेर छानबिन गर्नुपर्छ । ज-जसको आएको छ उनीहरुलाई सोधपुछ हुनपर्‍यो। सोधपुछका लागि एक पटक बोलाउन नहुने के हो,’ लामिछानले भने ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण मिलाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद खनालले कुनै बहाना नगरी उक्त प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त प्रकरणको छानबिन भ्रष्टाचारविरुद्धको फिल्मको ट्रेलर भएको र पूरै फिलिम हेर्न बाँकी रहेको भन्ने अभिव्यक्ति उल्लेख गर्दै सांसद खनालले संलग्न सबैलाई कारबाही गर्न माग गरेका हुन् । ‘भुटानी शरणार्थी प्रकरणमा ब्लकबस्टर फिलिम नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीले देखाउनु भएको ट्रेलरको आधारमा उत्साहित भइयो । तर, यो फिलिमको दृश्य यति काँटछाँट गरिँदै छ कि फिलिम त साह्रै बकबास हुन थालेको छ,’ सांसद खनालले माग गरे, ‘रास्वपाले यो फिलिम हेरेर बस्दैन । आइजिपी, पूर्व सचिव, पूर्व मेयर र पूर्व प्रधानमन्त्रीको सचिवको समेत नाम जोडिएको छ । नो इफ नो बट सबैमाथि तुरुन्त कारबाही र छानबिन होस् ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै