"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् सुचारु गर्ने सहमती जुटाउने प्रयासमा तीन दलका शीर्ष नेता

प्रकाशित मिति :  27 May, 2023 10:38 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठक सञ्चालनबारे राजनीतिक दलका नेताहरूसँग परामर्श गरेका छन्। प्रधानमन्त्री प्रचण्ड प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने विषयमा समझदारी जुटाउने कोसिसमा जुटेका हुन्।

सिंहदरबारमा शनिबार बिहान भएको छलफलमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत सहभागी छन्। प्रतिनिधिसभाको कामकारबाही अघि बढाउन राजनीतिक तहमा समझदारी बनाउने कोसिसमा प्रधानमन्त्रीले नेताहरूसँग छलफल गरेका हुन्।

माओवादी सांसदले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पशुपतिमा चढाइएको जलहरीमा भ्रष्टाचार गरेपछि एमाले आक्रोशित भएको छ। सोही कारण एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको थियो। दिउँसो अवरुद्ध गरिएको बैठक साँझ डाकिए पनि बस्न सकेन। प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल जारी छ। बैठक शनिबार दिउँसो ४ बजे बस्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै