"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद् सुचारु गर्ने सहमती जुटाउने प्रयासमा तीन दलका शीर्ष नेता

प्रकाशित मिति :  27 May, 2023 10:38 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा बैठक सञ्चालनबारे राजनीतिक दलका नेताहरूसँग परामर्श गरेका छन्। प्रधानमन्त्री प्रचण्ड प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध गरेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने विषयमा समझदारी जुटाउने कोसिसमा जुटेका हुन्।

सिंहदरबारमा शनिबार बिहान भएको छलफलमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत सहभागी छन्। प्रतिनिधिसभाको कामकारबाही अघि बढाउन राजनीतिक तहमा समझदारी बनाउने कोसिसमा प्रधानमन्त्रीले नेताहरूसँग छलफल गरेका हुन्।

माओवादी सांसदले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पशुपतिमा चढाइएको जलहरीमा भ्रष्टाचार गरेपछि एमाले आक्रोशित भएको छ। सोही कारण एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको थियो। दिउँसो अवरुद्ध गरिएको बैठक साँझ डाकिए पनि बस्न सकेन। प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल जारी छ। बैठक शनिबार दिउँसो ४ बजे बस्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा