"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अस्पतालको ओपीडी सेवा बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्ने सरकारी योजना

प्रकाशित मिति :  27 May, 2023 10:54 am


काठमाडौँ । सरकारी अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म चलाउने घोषणा गरिएको छ। शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।

अहिले सरकारी अस्पतालमा उक्त सेवा बिहान १० देखि दिउसो २ बजेसम्म चल्ने गरेको छ। त्यसपछि केही अस्पतालले ईएचएस सेवा दिने गरेका छन्।

सरकारले अघि सारेको नीतिमा सरकारहरुबीचको दोहोरोपन अन्त्य गर्ने, कार्य विस्तृतीकरण प्रतिवेदनलाई पुनरावलोकन गर्ने लगायतका नीति अघि सारिएको छ।

तीन तहका सरकारबीच कार्यात्मक अन्तरसम्बन्ध सुदृढ गरी काममा रहेको दोहोरोपन अन्त्य गरिने, कार्य विस्तृतीकरण प्रतिवेदनको पुनरावलोकन गरिने, राष्ट्रिय समन्वय परिषद्लगायतका संरचनालाई क्रियाशील बनाइने छ, राष्ट्रिय प्रतिबद्धता पूरा गर्ने कुरामा तीनै तहको अपनत्व कायम रहने, राष्ट्रिय प्राथमिकता पूरा गर्न प्रदेश र स्थानीय तहले पूरा गर्नुपर्ने नीतिगत र कानुनी व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द