"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अस्पतालको ओपीडी सेवा बिहान ८ देखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्ने सरकारी योजना

प्रकाशित मिति :  27 May, 2023 10:54 am


काठमाडौँ । सरकारी अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म चलाउने घोषणा गरिएको छ। शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।

अहिले सरकारी अस्पतालमा उक्त सेवा बिहान १० देखि दिउसो २ बजेसम्म चल्ने गरेको छ। त्यसपछि केही अस्पतालले ईएचएस सेवा दिने गरेका छन्।

सरकारले अघि सारेको नीतिमा सरकारहरुबीचको दोहोरोपन अन्त्य गर्ने, कार्य विस्तृतीकरण प्रतिवेदनलाई पुनरावलोकन गर्ने लगायतका नीति अघि सारिएको छ।

तीन तहका सरकारबीच कार्यात्मक अन्तरसम्बन्ध सुदृढ गरी काममा रहेको दोहोरोपन अन्त्य गरिने, कार्य विस्तृतीकरण प्रतिवेदनको पुनरावलोकन गरिने, राष्ट्रिय समन्वय परिषद्लगायतका संरचनालाई क्रियाशील बनाइने छ, राष्ट्रिय प्रतिबद्धता पूरा गर्ने कुरामा तीनै तहको अपनत्व कायम रहने, राष्ट्रिय प्राथमिकता पूरा गर्न प्रदेश र स्थानीय तहले पूरा गर्नुपर्ने नीतिगत र कानुनी व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर