"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पशुपतिमा सुनको जलहरी प्ररणमा शंकास्पद अनिमियता देखियो : नेता कोइराला

प्रकाशित मिति :  28 May, 2023 11:09 am


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पशुपतिमा सुनको जलहरी प्ररणमा सांसदले बोलेका कुरालाई रेकर्डबाट हटाउँदैमा अनियमितता ढाकछोप गर्न नसकिने बताएका छन्। फेसबुक स्ट्याटसमार्फत प्रतिनिधि सभाका सांसदसमेत रहेका कोइरालाले सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्ने बताएका हुन्।

‘कस्तो विडम्बना ! संसदमा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियता सम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सहमति गर्ने र संसद सचिवालयले सोही अनुरूप कार्य गर्ने,’ उनले भनेका छन्, ‘सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनिमियता कति दिन ढाक्न सकिएला र?’

उनले सांसदको गरिमालाई कता लैजाँदैछौं भनेर प्रश्न पनि गरेका छन्। ‘के हाम्रो संसदले संविधानले दिएको अधिकार स्वतन्त्र रूपमा उपभोग पनि गर्न नपाउने हो,’ उनी भन्छन्, ‘संसद्को रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला तर यो देशमा आम जनता, नागरिक समाज तथा सञ्चार जगत पनि छन् भन्ने कुरा बुझौं।’

गत जेठ १० गते माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिको गर्भगृहमा सुनको भनेर पित्तलको जलहरी हालिएको बताएका थिए। त्यस्तै स्वास्थ्य सामग्री खरिदमा २ अर्ब भ्रष्टाचार भएको बताएका थिए।

एमालेले सांसदले बोलेका कुरा संसद्को रेकर्डबाट हटाउन माग गर्दै सदन अवरूद्ध गरेको थियो। सांसदका अभिव्यक्ति रेकर्डबाट हटाउन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा प्रष्ट्याउने तीन दलबीचको सहमतिपछि शनिबार सदनको अवरोध हटेको थियो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै