"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पार्टी सुधार्न जोखिम उठाएर काम गर्दा महामन्त्री पद गए जाओस् : गगन थापा

प्रकाशित मिति :  29 May, 2023 3:53 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सुधारको विकल्पै नभएको बताएका छन्। नेपाली कांग्रेस ललितपुरले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीका हरेक सदस्य सुधारका लागि जोखिख उठाउन तयार रहनुपर्ने बताएका हुन्।

उनले भने, ‘मेरो पद गए जाओस्, म कांग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे बस्छु। म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दै गर्दा महामन्त्री गए जाओस्।’

थापाले पार्टी नेतृत्वबाट हुने गरेका गलत निर्णयबाट रोक्न सके र जनमुखी बनाउन सके कांग्रेसलाई परिवर्तनको बाटोमा हिँड्न कसैले रोक्न नसक्ने दाबी गरे। ‘पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ। सबै जना मानिस अब आफ्नो सुविधाको ठाउँबाट बाहिर निस्कनुपर्छ’ थापाले भने।

उनले नयाँ पुराना कोहीसँग डराउन नपर्ने तर, पार्टीमा लागेको रोगलाई तत्कालै उपचार भने गर्नुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा