"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पार्टी सुधार्न जोखिम उठाएर काम गर्दा महामन्त्री पद गए जाओस् : गगन थापा

प्रकाशित मिति :  29 May, 2023 3:53 pm


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सुधारको विकल्पै नभएको बताएका छन्। नेपाली कांग्रेस ललितपुरले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीका हरेक सदस्य सुधारका लागि जोखिख उठाउन तयार रहनुपर्ने बताएका हुन्।

उनले भने, ‘मेरो पद गए जाओस्, म कांग्रेस कार्यकर्ता मात्रै भएर बस्न परे बस्छु। म कांग्रेसको महामन्त्री छु, पार्टी सुधार गर्ने काममा जोखिम उठाएर काम गर्दै गर्दा महामन्त्री गए जाओस्।’

थापाले पार्टी नेतृत्वबाट हुने गरेका गलत निर्णयबाट रोक्न सके र जनमुखी बनाउन सके कांग्रेसलाई परिवर्तनको बाटोमा हिँड्न कसैले रोक्न नसक्ने दाबी गरे। ‘पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ। सबै जना मानिस अब आफ्नो सुविधाको ठाउँबाट बाहिर निस्कनुपर्छ’ थापाले भने।

उनले नयाँ पुराना कोहीसँग डराउन नपर्ने तर, पार्टीमा लागेको रोगलाई तत्कालै उपचार भने गर्नुपर्ने बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — कारागारमा सजाय भुक्तान गरिरहेका तथा पुर्पक्षका क्रममा थुनामा रहेका कैदीबन्दीका लागि भन्साघर निर्माणमा अनियमितता गरेको अभियोगमा पर्वत कारागारका

काठमाडौँ- नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। बिहीबार सम्पन्न मत गणनाको अन्तिम मत परिणामअनुसार एमाले अध्यक्षमा केपी शर्मा

काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका निर्वतमान सांसदले दिएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङ जिल्लाको बित्थडचिर गाउँपालिका–१ मा निर्माण गरिएको बित्थड खेल मैदानमा भ्रष्टाचार भएको ठहर गर्दै