"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेकपा एमालेमा हट्यो ७० वर्ष उमेरहद, ओलीलाई फेरि अध्यक्ष बन्‍न सहज

प्रकाशित मिति :  7 June, 2023 2:48 pm


काठमाडौँ। नेकपा एमालेले केन्द्रीय कमिटीको उम्मेदवारको उमेर हद हटाएको छ। यसअघि ७० वर्षे उमेर हद रहेकोमा अब सो प्रावधान हटाएको हो। वैशाख २८ देखि ३० सम्म बसेको केन्द्रीय कमिटी बैठक र जेठ १९ गते बसेको सचिवालय बैठकले उमेर हद हटाउने निर्णय गरेको हो।

एमालेले मातहत कमिटीमा पठाएको अन्तरपार्टी निर्देशनमा पार्टी विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हाललाई निलम्बन गर्ने बताइएको छ।

काठमाडौँमा भएको नवौँ महाधिवेशनदेखि केन्द्रीय कमिटीको चुनाव लड्न ७० वर्ष नपुगेको हुनुपर्ने प्रावधान विधानमै राखेको थियो। ०७८ मंसिरमा चितवनमा भएको दसौँ महाधिवेशनले पनि केन्द्रीय कमिटीमा रहन ७० वर्षे उमेर हदलाई पारित गरेको थियो।

महाधिवेशनले तोकेको सो व्यवस्था केन्द्रीय कमिटी र सचिवालय बैठकले परिवर्तन गरेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई फेरि अध्यक्ष बनाउने रणनीतिले एमालेले उमेर हद हटाएको हो। यसले ०८४ सालमा हुने निर्वाचनपछि एमालेबाट ओली नै संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बन्ने बाटो खोलेको छ।

तत्कालीन नेकपाकालमा विरष्ठ नेता माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र अष्टलक्ष्मी शाक्यलगायतले पार्टीमा ७० वर्षे उमेर हद कायम रहनुपर्ने र दोस्रो तहका नेतालाई पार्टीको नेतृत्व दिनुपर्ने भन्दै आवाज उठाउँदै आएका थिए। तर पार्टीको सबै अधिकार आफैँमा राख्न ओलीले सो प्रावधान बैठकबाटै परिवर्तन गरेका छन्।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा