"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्र बैंकले असार मसान्तभित्र मर्जर गर्ने बैंकलाई सहुलियत दिने

प्रकाशित मिति :  7 June, 2023 7:47 pm


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी असार मसान्त भित्र मर्जर भई कारोबार सुरु गर्ने बैंक तथा वित्तीय संस्थालाई थप सहुलियत दिने भएको छ। राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशन जारी गर्दै क, ख र ग वर्गका वित्तीय संस्थाले यसअघि पुस मसान्तभित्र मर्जरको प्रक्रिया थालेका र एकीकृत कारोबार सुरु गरीनसकेका संस्थाले असारभित्र कारोबार सुरु गरेमा सहुलियत दिने बताएको हो।

पुससम्म आपसमा गाभ्ने तथा गाभिने प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सुरु गर्न नसकेका संस्थाले २०८० असार मसान्तभित्र एकीकृत कारोबार गरेमा सहुलिय दिइने राष्ट्र बैंकले एकीकृत निर्देशनमा उल्लेख गरेको छ। कारोबार सञ्चालन गरेको मितिबाट लागू हुने गरी विभिन्न सुविधा तथा छुट दिइने राष्ट्र बैंकको भनाइ छ।

जसअनुसार तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गर्ने, सञ्चालक समितिका सदस्य र उच्चपदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई पनि राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा आबद्ध हुन पाउनेलगायत सुविधा दिइनेछ।

त्यस्तै एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपातले सीमा नाघेको अवस्थामा सो नियमित गर्न ६ महिनाको समय प्रदान गरिनेछ।

त्यस्तै गाभ्ने/गाभिने तथा प्राप्तिमा संलग्न संस्थामा साविकमा कायम रहेको भिन्न ब्याजदरका कारण एकीकृत कारोबार गर्दा ब्याजदर अन्तर तोकिएको सीमाभन्दा बढी भएमा ब्याजदर अन्तरलाई तोकिएको सीमाभित्र ल्याउन एक वर्षको समय प्रदान गरिनेलगायतका सुविधा राष्ट्र बैंकले दिने भएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण