"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रेमिट्यान्स प्रतिमहिना औसत एक खर्बले आउँदै

प्रकाशित मिति :  9 June, 2023 4:40 pm


काठमाडौं । चालु आर्थिक वर्षबाट प्रतिमहिना औसत एक खर्ब रेमिट्यान्स आउन थालेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो १० महिना (साउन–वैशाख) मा औसत १० खर्ब ५ अर्ब १८ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्‍कअनुसार यो परिमाण गत वर्षको यस्तै अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यस्तै अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो ।

१० महिनाको अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले बढेर ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.४ प्रतिशतले बढेको छ । १० महिनामा ४ लाख २१ हजार २७९ जना श्रमिक नयाँ श्रम स्वीकृति लिएर विदेश गाएका छन् ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३.७ प्रतिशतले बढेर २ लाख ३८ हजार ९७६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १८५.५ प्रतिशतले बढेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण