"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन

प्रकाशित मिति :  21 June, 2023 1:21 pm


काठमाडौँ । संसद्को अर्थ समितिले नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।मंगलबार बसेको समितिको बैठकले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो। यसअघि जेठ २९ गते बसेको समितिको बैठकले प्रक्रिया रोक्न लगाएको थियो।

समितिले धितोपत्र बोर्ड र स्टक ब्रोकरहरूसँगको छलफलपछि खुला गर्न अनुमति दिने निर्णय गरेको हो।स्टक ब्रोकरकाे नयाँ लाइसेन्स वितरणका लागि बोर्डले गत असोज २ गते आवेदन खुला गरेको थियो। ४३ वटा नयाँ कम्पनीले धितोपत्र दलाल व्यवसाय तथा धितोपत्र व्यापारसम्बन्धी कार्य अगाडि बढाउन आशयपत्र दिएका थिए।

त्यसमध्ये भौतिक पूर्वाधार पुगेका १८ वटा नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीलाई धितोपत्र बोर्डले अनुमति दिएको थियो।जसमा ७ वटा कम्पनीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट सदस्यताका लागि आवश्यक रहने विद्युतीय कारोबार प्रणाली स्थापनाका लागि भौतिक पूर्वाधार तयारी गरेर नेप्सेको सदस्यताका लागि राजस्व समेत बुझाइसकेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक