"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन

प्रकाशित मिति :  21 June, 2023 1:21 pm


काठमाडौँ । संसद्को अर्थ समितिले नयाँ स्टक ब्रोकरको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।मंगलबार बसेको समितिको बैठकले ब्रोकरहरूको नयाँ लाइसेन्सका लागि अनुमति प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो। यसअघि जेठ २९ गते बसेको समितिको बैठकले प्रक्रिया रोक्न लगाएको थियो।

समितिले धितोपत्र बोर्ड र स्टक ब्रोकरहरूसँगको छलफलपछि खुला गर्न अनुमति दिने निर्णय गरेको हो।स्टक ब्रोकरकाे नयाँ लाइसेन्स वितरणका लागि बोर्डले गत असोज २ गते आवेदन खुला गरेको थियो। ४३ वटा नयाँ कम्पनीले धितोपत्र दलाल व्यवसाय तथा धितोपत्र व्यापारसम्बन्धी कार्य अगाडि बढाउन आशयपत्र दिएका थिए।

त्यसमध्ये भौतिक पूर्वाधार पुगेका १८ वटा नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीलाई धितोपत्र बोर्डले अनुमति दिएको थियो।जसमा ७ वटा कम्पनीले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट सदस्यताका लागि आवश्यक रहने विद्युतीय कारोबार प्रणाली स्थापनाका लागि भौतिक पूर्वाधार तयारी गरेर नेप्सेको सदस्यताका लागि राजस्व समेत बुझाइसकेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण