"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विपक्षी सांसदहरूले माग गरे जस्तो बजेट संशोधन हुदैन : अर्थमन्त्री महत

प्रकाशित मिति :  27 June, 2023 12:30 pm


काठमाडौँ- विपक्षी सांसदहरूले आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन गर्नुपर्ने माग गरिरहेका बेला सरकार भने बजेट संशोधन नगरी पारित गर्ने पक्षमा देखिएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि संशोधन बिना बजेट पारित हुने बताएका हुन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री डा. महतले बजेट असार १३ गते पास हुने बताए। उनले भने, ‘आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन। पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ।’ विपक्षी सांसदहरूले भने बजेट संशोधन हुनुपर्ने अडान राख्दै आएका छन्।

उनले बजेट ल्याउँदा सीमित स्रोतसाधनलाई दृष्टिगत गरिएको बताए। देशको वास्तविकता आर्थिक अवस्थाअनुसार बजेट ल्याइएको दाबी उनको छ। उनले भने, ‘थोरै साधनस्रोत र धेरै आवश्यकता अहिलेकोे वास्तविकता हो। सम्भावित स्रोतसाधनलाई मध्यनजर गरेर नै बजेट ल्याइएको हो।’

उनले बजेटमा समानता भएन भन्ने सांसदहरुको भनाइ आफूले मागेअनुसारको नआएको भन्नेमा मात्रै सीमित रहेको टिप्पणी गरे। उनले बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने पनि आश्वासन दिए।

‘आवश्यकताअनुसार भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति दिइरहनुभएको छ, यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने एउटा कुरा हो। तर थोरै साधनस्रोतभित्र रहेर मैले गर्न सक्ने गरेको छु। बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।