"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्‍ जनअपेक्षा अनुसार सञ्चालन गर्न राजनीतिक दल गम्भीर हुनुपर्दछ : सभामुख घिमिरे

प्रकाशित मिति :  1 July, 2023 5:41 pm


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दलहरूलाई संसद्‍ प्रभावकारी बनाउने गरी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । संसद्‍ जनअपेक्षा अनुसार चल्न नसकेको आम अनभूति भइरहेको उल्लेख गर्दै उनले त्यसलाई प्रभावकारी बनाउने गरी राजनीतिक पार्टीहरुले भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए ।

६५ औं संसद्‍ दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद्‍ जनप्रतिनिधिहरुको सर्वोपरी संस्था भएकाले त्यसलाई प्रभावकारी बनाउन पूर्व संसद्‍ क्लवभित्र छलफल गर्न उपयुक्त हुने पनि बताएका थिए । राष्ट्र र जनताको आवश्यक्ता अनुसार कानुन निर्माण गर्ने, भएका कानुनलाई सरकारले प्रभावकारी ढंगले कार्यान्वयन गर्दै जानुपर्ने पनि सभामुख घिमिरेको भनाइ थियो ।

‘मलाई लाग्छ–संसद्‍ प्रभावकारी हुनुपर्छ । यसमा कुनै बहस र विवादको विषय छैन । प्रभावकारी कति हुँदा हुन्छ ? यसको नापो पनि यति हुनुपर्छ भन्ने हुन्न होला । तर जे भए पनि जनअपेक्षा अनुरुपको हुन सकिरहेको छैन भन्ने आम अनभूति छ जस्तो मलाई पनि लाग्दछ । यसलाई प्रभावकारी पार्नमा मूलतः राजनीतिक पार्टीहरुको भूमिका प्रभावकारी हुन्छ । पार्टीहरुमार्फत् नै जनताले विश्वास दिनु भएको छ । र, त्यो विश्वासको प्रतिनिधिको रुपबाट माननीय सांसदज्यूहरु आएर यहाँ भूमिका निर्वाह गरिरहनु भएको छ,’ सभामुख घिमिरेले भने ।

संघीय संसद्‍ सर्वोपरी संस्था भएकाले यसले काम गर्न सकिरहेको छ कि छैन भनी छलफल र बहस आवश्यक रहेको उनले बताएका थिए । साथै संसद्‍ले आवश्यकता र खाँचो अनुसार काम गर्न नसकेको भए वा कानुनको अभाव भएमा कानुन बनाउनुपर्ने पनि उनको सुझाव थियो ।

साथै संविधान वा कानुन नै बाधक भए यस्ता विषयमा छलफल चलाउन पूर्व सांसद क्लव उपयुक्त हुने उनको सुझाव थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता