"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालमा कम्युनिष्ट शक्तिहरू एकताबद्ध हुने अवस्था आयो : प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  2 July, 2023 12:07 pm


काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट शक्तिहरू एक ठाउँमा उभिने अवस्था आएको बताएका छन्। आइतबार भक्तपुरमा आयोजित नेकपा संस्थापक सदस्य नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

०७४ सालमा नेकपा एमाले अध्यक्ष केपी शर्मालाई आफैंले पहल गरेर माओवादी र एमालेलाई एकीकृत गरेर नेकपा निर्माण गरेको उनले दाबी गरे। ‘मेरै पहलमा नै त्यतिबेला नेकपा निर्माण भएको थियो। उक्त पार्टीले जनतामा नयाँ खालको उभार ल्याएको थियो। जनताले हामीलाई दुई तिहाइ मत दिनु भएको थियो। विभिन्न कारणले हामीले त्यसलाई बचाउँन सकिएन। अब फेरि हामी एक ठाउँमा आउन जरुरी छ,’ उनले भने, ‘विश्वका अरू देशमा पनि कम्युनिष्ट पार्टीहरूबीच यो खालको एकता, संघर्ष, विघठन र रूपान्तरणका घटनाहरू हुन्छन्।’

नेपालका कम्युनिष्टहरू अब एकताबद्ध भएर देशलाई समाजवादतिर लानुपर्ने अवस्था आएको उनले बताए। ‘एमाले र माओवादी एक ठाउँमा आएपछि परिवर्तन विरोधीहरू आत्तिएका थिए। अब कम्युनिष्टहरूले मुलुक कति वर्ष हाँक्ने हुन् भनेर कतिपय डराएका थिए। अब हामीले पुराना अनुभवलाई मूल्यांकन गरेर, विचार र भावनाका कमजोरी हेरेर फेरि एक ठाउँमा उभिने बेला आएको छ,’ उनले भने।

माओवादीसहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समाजवादी मोर्चामा आइसकेकाले अब यसमा एमाले पनि संगठित हुनुपर्ने प्रचण्डको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा