"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मतदाता परिचयपत्र हरायो ? पुन: बनाउन वडा कार्यालयको सिफारिस अनिवार्य

प्रकाशित मिति :  22 February, 2022 10:12 pm


काठमाडौं । मतदाता परिचयपत्र हराएर पुनः बनाउनुपर्ने भएमा वडा कार्यालयको सिफारिस चाहिने भएको छ ।

निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गरी मतदाता परिचय पत्र पुनः बनाउनुपरेमा वडा कार्यालयको सिफारिससहित प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जनाएको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यस्तो निवेदन मतदाता स्वयं उपस्थित भएर वा इमेल, फ्याक्स वा अन्य विधिबाट दिन सकिनेछ ।

आयोगले मतदाता परिचय पत्र पुन बनाउनका लागि निशुल्क सिफारिस दिन स्थानीय तहलाई परिपत्र गर्ने निर्णय गरेको छ ।

त्यस्तै वडा कार्यालयको सिफारिससहित निवेदन दिएमा इमेल, फ्याक्स वा अन्य विधिबाट दिएको निवेदन पनि स्वीकार गर्न आयोगले प्रदेश र जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध