"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चालु आवको ११ महिनामा भित्रियो ११ खर्ब १२ अर्ब रेमिट्यान्स

प्रकाशित मिति :  10 July, 2023 1:13 pm


काठमाडौं । विदेशमा रहेका नेपालीले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ११ महिनाको अवधिमा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास नेपाल पठाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म आएको यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७ प्रतिशत बढी हो । अमेरिकी डलरमा समेत रेमिट्यान्स वृद्धि १३ प्रतिशत रहेको छ । अहिले डलरमा ८ अर्ब ५१ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ ।

जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५९ हजार ४१५ जना पुगेको छ । यो अघिल्लो आवको तुलनामा ४६.६ प्रतिशत बढी हो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ०.५ प्रतिशतले बढेर २ लाख ६० हजार २६२ जना पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक