"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

छोरीलाई पास गराउन उत्तरपुस्तिका सच्याउने लोक सेवाका अधिकृतविरुद्ध ६ महिना कैद सजायको फैसला

प्रकाशित मिति :  14 July, 2023 6:52 pm


काठमाडौँ । छोरीलाई लोक सेवा आयोगको परीक्षामा पास गराउन उत्तरपुस्तिका सच्याउने लोकसेवा आयोगका अधिकृतविरुद्ध कैद सजायको फैसला सुनाइएको छ। छोरीलाई परीक्षामा पास गराउन उत्तरपुस्तिका सच्याउने, आफैँ उत्तर लेखिदिने अधिकृत मीमबहादुर शाहीविरुद्ध विशेष अदालत ६ महिनाको कैद सजायको फैसला सुनाएको हो।

विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले आफैँ लोक सेवा आयोगको कार्यालयमा कार्यरत रहेका अधिकृतले आफ्नो छोरीका लागि गरेको उक्त कार्य अक्षम्य भएको भन्दै दोषी ठहर गरेको हो। उनीविरुद्ध ६ महिना कैद र २० हजार रुपैयाँ सजाय सुनाइएको छ।

न्यायाधीशहरू निष्पक्षता कायम गर्नुपर्ने जिम्मेवारी र शपथ लिएको व्यक्तिले आफ्नो परिवारको सदस्य सहभागी भएको परीक्षामा जोडिनसमेत नमिल्ने अवस्थामा उनले परीक्षाको उत्तरपुस्तिका नै फरक हुने गरी लेखेको कार्य भ्रष्टाचार निवारण ऐन विपरीतको कार्य भएको फैसलामा उल्लेख छ।

नेपाल वायु सेवा निगमको खुला समावेशीतर्फको परीक्षामा सहभागी छोरीलाई सहायक चौथो पदको परीक्षामा सहभागी गराइ सफल गराउने नियतले शाहीले उत्तरपुस्तिका सच्याएका भेटिएको थियो।

लोक सेवाअन्तर्गत सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाका अधिकृत शाहीले २०७६ जेठ ११ गते नेपाल वायु सेवा निगमको सहायक चौथो तह (खरिदार सरह) को परीक्षामा सहभागी आफ्नी छोरीलाई आफैँले उत्तर लेखिदिएर परीक्षा पास गराउन खोजेका थिए।

छोरीको उत्तरपुस्तिकामा बाबुले उत्तर लेखेको सूचना बाहिरिएपछि आयोगले उनलाई निलम्बन गर्दै कारबाहीसमेत गरेको थियो। परीक्षा सहभागी उनकी छोरीको उत्तरपुस्तिका रद्द गरिएको थियो। आयोगले रोल नम्बर ३२९८ भएकी ती परीक्षार्थीको सबै परीक्षा रद्द गरिएको जानकारी सूचना निकालेर दिएको थियो। त्यसपछि अख्तिायर दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि छानबिन सुरु गरेको थियो। अख्तियारले २०७८ वैशाख ८ गते शाहीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध