"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रमेश सायनको उपन्यास ‘अन्तर’ सार्वजनिक

प्रकाशित मिति :  16 July, 2023 11:51 am


काठमाडौँ । लेखक रमेश सायनको पहिलो उपन्यास ‘अन्तर’ सार्वजनिक भएको छ। काठमाडाैँकाे मण्डला थिएटरमा आयोजित कार्यक्रममा ब्लगर तथा समलिंगी लेक्स लिम्बूसहित लेखक रमेश सायन र संचारकर्मी रूपेश श्रेष्ठले पुस्तकको लोकार्पण गरे।

पुस्तकबारे रुपेश श्रेष्ठसँगको अन्तरसंवादमा लेक्सले आफ्नो भोगाइ र उपन्यासको पात्र ‘शब्द’ को भोगाइ समानान्तर भएको र लैंगिकतालाई अब फरक दृष्टिकोणले हेर्न नहुने बताए। उनले भने, ‘मैले २५ वर्ष पुग्दामात्रै म समलिंगी हुँ, म फरक हुँ भनेर परिवारका सदस्यलाई भन्न सकेको थिएँ। तर अब समय र समाजको चेतना फरक भैसक्यो। त्यसैले अब जन्मको प्राकृतिकतालाई नेपाली समाजले स्वीकार्न सक्नुपर्छ।’

नेपाली समाजमा विद्यमान लैंगिक विभेद र त्यसमा पनि समलैंगिकता आजसम्म पनि सर्वस्वीकार्य नरहेको अवस्थामा यसबारे खुलेर बहस हुनुपर्ने र राज्यको नीति निर्माण तहले यो विषयलाई विषयान्तर गर्न नहुने लेक्सले बताए।

फरक विषयमा उपन्यास लेख्न निकै चुनौती भए पनि नेपाली समाजमा आजसम्म नलेखिएको विषयमा उपन्यास लेख्न पाएकोमा सायनले खुसी व्यक्त गरे। उनले भने, ‘यो विषयमा मैले लेख्न सक्नु नै यो समाजको विषयसँगको मेरो गहिरो साक्षात्कार हो।’

अनुप न्यौपानेले उपन्यासको एक अंश नाट्यरूपान्तरण गरी प्रस्तुत गरेको दृश्यबाट सुरू भएको कार्यक्रममा उपन्यासका पात्रहरूका संवाद प्रस्तुत गरिएको थियो। सायनका यसअघि ‘भागेर भूगोलभरि’ (कविता संग्रह) र पद्मश्री साहित्य पुरस्कार विजेता कृति ‘छुटेका अनुहार’ (निबन्ध) प्रकाशित छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- साहित्यकार श्रवण मुकारुङको उपन्यास ‘सलह’ सार्वजनिक गरिएको छ । उपन्यासकार मुकारुङले आफ्नो पुस्तक संगीतकार कालीप्रसाद बाँस्कोटा, सिनेमा निर्देशक रामबाबु गुरुङ

काठमाडौं – टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको

काठमाडौँ – चलचित्र विकास बोर्डले २०८२ सालको राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कारमा सहभागिताका लागि आवेदन आह्वान गरेको छ। बोर्डले एक सूचना

काठमाडौँ- राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ। सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको